रञ्जुश्री पराजुली
अमेरिका
कक्षामा सफल भई
पुगेँ माथी आब
सानो न भई म
ठूलो भएँ अब
नयाँ लुगा नयाँ पुस्तक
राम्रो जतन गर्छु
गाता हाली पुस्तकलाई
माया धेरै गर्छु
बर्षै पिच्छे नयाँ पुस्तक
पढ्न पाउने आशले
पुरै पुस्तक पढी भ्याउँछु
राजी खुशी मनले
पुस्तक झोलामा ठाउँ मिलाई राख्छु
झोलाकै छेउ पट्टी पानी बोतल छिराउँछु
टिफिन बट्टा टम्म कसी राख्छु
खाजा खाने बेलामा होसगरी खोल्छु
पानी खाजा केही कतै खसाउन्न
फोहर मलाई मनपर्दैन
होस पुर्याई गर्छु
साथी सङ्ग खेल्न घुम्न धेरै मन लाग्छ
स्कुल पछि घर पुगि
पाठ जति सक्छु
साथी भाइ जम्मा गरी उफि दौडी खेल्छु
भित्रै बसी मोबाइल सङ्ग धेरै खेल्न हुन्न
दौडी ,उफ्री ,नगरे ज्यान राम्रो हुन्न
प्रकृतिमा रम्नु पर्छ
आँखा तेज बनाउँन
त्यसैले साथीसङ्ग बाहिर खेल्नु पर्छ
कहिले जान्छु बाजेसङ्ग साँझ पख घुम्न
कहिले चाहिँ भित्रै बस्छु
सानो भाइ रुङ्ग्न
ज्ञानीलाई माया गर्छन् भन्ने थहाछ
त्यसैले त माया पाउँछु
असल छ भनेर
नयाँपुस्तक नयाँलुगा नयाँकक्षा मेरो
इज्जत दिन्छन् ,माया गर्छन्
ग्यानी केटो मानी
आफ्नो इज्जत आफैंले नै
कमाउँने रहेछ
यस्तो कुरा बुझे पछि
पाको हुने रहेछ ।
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…
धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…
युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…
काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…
रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…
पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…