Categories: कविता

“आऊ निदरी आऊ”


रमेशचन्द्र घिमिरे
भोर्लेटार लमजुङ

सुत्ने बेला भयो तर तिमी अझै आइनौ
निदाउनु पर्छ भन्ने थाहा किन पाइनौ ?

तिमी नआई त्यसै कहाँ निदाउन सक्छु ?
अनिदोमा रात कहाँ बिताउन सक्छु ?
आँखा पोल्यो, पिरो भयो, बिन्ती सुन्दिनौ र ?
माया जालमा पारी मेरो आँखा थुन्दिनौ र ?

भोलि बिहान चाँडै उठ्छु, पढ्छु अनि लेख्छु
तिमी आयौ भने मात्र म सपना देख्छु
यति विधि मलाई त्यसै अल्मल्याउँछ्यौ किन ?
कोल्टो फेर्दा थाकिसकेँ छट्पट्याउँछ्यौ किन ?

स्कुलबाट फर्केपछि गृहकार्य गर्छु
खाना खाई पाठ पढ्छु अनि खाटमा लड्छु
सबै जना सुतिसके दस बज्दा राति
बेलै छँदा सुत्न पाए हुन्थ्यो कति जाती

फकाउँदै मिठो स्वरमा गाना तिमी गाऊ
आऊ निदरी आऊ आऊ, आऊ निदरी आऊ।

सारथि बाल पत्रिका

Recent Posts

“फिस”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा "हेल्लो ....... हेल्लो ...... बाबा" कलेजको क्यान्टिनमा साथीहरू…

9 hours ago

“मित्रताको नमुना”

रञ्जुश्री पराजुली मन्टु उसको घरमा माया गरेर बोलाउने  नाम हो । स्कुलमा उसको नाम आर्जुन…

10 hours ago

म्याथकाे प्रश्न

होम सुवेदी एक दिन विद्यालयमा अड्काे थाप्ने खालकाे प्रश्न पुष्पा मिसले कक्षाका सबै विद्यार्थीलाई सोध्नुभयो,…

10 hours ago

किसान

हेमराज अधिकारी बजारको एक कुनामा बढरे माइला ओइलाउन लागेको स्कुसका टुप्पा मिलाउँदै बसिरहेका थिए। बिहानदेखि…

1 day ago

“शक्तिशाली नेपाली”

गणेश आत्रेय, मदनपोखरा,पाल्पा बिहान चाँडै उठेर कोदालो हलो बोकेर खेतमा पुग्ने किसान श्रम हो जस्को…

1 day ago

रिचार्ज

माहेश्वरी भट्ट कञ्चनपुर "आमा, पाँच सय रुपैयाँ तुरुन्तै पठाइदिनु न !" कलेजको क्यान्टिनमा साथीहरूसँग बसेर…

1 day ago