Categories: कविता

“आऊ निदरी आऊ”


रमेशचन्द्र घिमिरे
भोर्लेटार लमजुङ

सुत्ने बेला भयो तर तिमी अझै आइनौ
निदाउनु पर्छ भन्ने थाहा किन पाइनौ ?

तिमी नआई त्यसै कहाँ निदाउन सक्छु ?
अनिदोमा रात कहाँ बिताउन सक्छु ?
आँखा पोल्यो, पिरो भयो, बिन्ती सुन्दिनौ र ?
माया जालमा पारी मेरो आँखा थुन्दिनौ र ?

भोलि बिहान चाँडै उठ्छु, पढ्छु अनि लेख्छु
तिमी आयौ भने मात्र म सपना देख्छु
यति विधि मलाई त्यसै अल्मल्याउँछ्यौ किन ?
कोल्टो फेर्दा थाकिसकेँ छट्पट्याउँछ्यौ किन ?

स्कुलबाट फर्केपछि गृहकार्य गर्छु
खाना खाई पाठ पढ्छु अनि खाटमा लड्छु
सबै जना सुतिसके दस बज्दा राति
बेलै छँदा सुत्न पाए हुन्थ्यो कति जाती

फकाउँदै मिठो स्वरमा गाना तिमी गाऊ
आऊ निदरी आऊ आऊ, आऊ निदरी आऊ।

सारथि बाल पत्रिका

Recent Posts

प्रयास

सुमन कडरिया चितवन सागिर्द आँगनमा खेलिरहेको थियो। खेल्दाखेल्दै उसको नजर एउटा सानो कमिलामाथि पर्यो। कमिलाले…

1 day ago

“बालापनको रक्षा”

घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…

1 day ago

“शरद ऋतुको आगमन”

मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…

3 days ago

“लाेक बाजा बिनायाे”

इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…

3 days ago

पसिनाको मुल्य

शरद गौतम घोराही १५ हरि, मोहन केशव तथा अरु हरु एकै गाउमा बस्छ्न। गाउँ पनि…

3 days ago

बालबालिका सम्बन्धी ऐन संशोधन विधेयक : डिजिटल हिंसादेखि बाल न्यायसम्म नयाँ व्यवस्था प्रस्ता

काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…

4 days ago