अनन्त कुमार बस्नेत
ग्रीष्मले ऋतु वसन्त भगायो
रापले भुवन तीव्र ततायो ।।
लाल रोगन छ पूर्व दिशामा
रङ्ग यो प्रकृतिले किन लायो ??
अङ्ग यो सकल भत्भत पोल्छ
उग्र अग्नि कि त झल्ल उदायो ।।
कुञ्ज कानन मनोहर छैन
उष्मले हरित पर्ण सुकायो ।।
पग्लिएर हिम तप्तप झर्छ
अश्रु आज विधिले कि खसायो ??
कष्टमा छ सबको दिनचर्या
तप्त तप्त अनुभूति गरायो ।।
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…
धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…
युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…
काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…
रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…
पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…