कुन मौसममा कस्तो आहार खाने ?

मौसम परिवर्तन हुँदैछ। चिसो मौसमको समस्या गुजारेर आएकाहरुलाई वसन्त ऋतुको सुरुवातसँगै गर्मीको समस्या सुरु हुन लाग्दैछ । हामी मौसम अनुसारको लवाईखवाईलाई मात्रै ध्यान दिने गर्छाैं । तर, चिसो र गर्मी मौसममा खाने खानाको बारेमा भने खासै धेरै ख्याल गर्दैनौँ ।
आयुर्वेदले विभिन्न मौसम अनुसारको खाने कुराको वर्गिकरण गरेको छ । आयुर्वेद सम्बन्धी जानकारी दिएका विभिन्न शास्त्रहरुमा यसबारे उल्लेख पाइन्छ । चरक संहिताले कुन मौसममा कुन उमेरका मानिसले कति मात्रामा खानेकुरा खाने ? भन्ने उल्लेख गरेको छ ।
तिनीहरुले सामान्यतया मानिसले प्रत्येक मौसममा खाने समान किसिमका आहारहरुको विरोध गर्ने गर्छन् । आयुर्वेदले मौसमलाई कूल ६ भागमा विभाजन गरेको छ । जसमा ६ वटा ऋतुहरु छन् । सोही ऋतु अनुसार हामीले खानामा फरक पन ल्याउँदा हाम्रो शरीरमा पाचन क्षमतामा बृद्धि हुने र शारीरिक शक्तिलाई त्यसले असर गर्नेगर्छ । त्यसकारण हामीले हाम्रो खानाको चयन र मात्रामा ऋतु अनुसार विशेष ध्यान दिनुपर्छ । यदि तपाईँ आफ्नो स्वास्थ्यलाई सुधार गर्न चाहनुहुन्छ भने या आफूलाई सधैँ निरोगी बनाउन चाहनुहुन्छ भने आफ्नो खानामा ध्यान दिनै पर्छ ।

शरद ऋतु (असोज र कात्तिक)
यस मौसममा धेरै हल्का, मीठो र नरम खाना खानुपर्छ । किनकि यो मौसममा मानिसको पाचन प्रणाली कमजोर हुने भएकोले पचाउन सजिलो हुने खालका खानेकुरा खानुपर्छ ।
शरीरमा पित्त सम्बन्धी समस्या रोक्न, नीम, करेला जस्ता खानेकुराहरू खानुपर्छ । यस समयमा, लौकी, राजगिरा जस्ता सागको सेवन लाभकारी हुन्छ । दालको स्थितिमा यस मौसममा मुगीको दाल, त्रिफला, सुख्खा अंगुर, खजुर, जामुन, परवल, अमला जस्ता फलफूल खानुपर्छ ।

हेमन्त मौसम (मंसिर र पुष)
यस मौसममा रातहरू लामो र दिनहरू छोटा हुन्छन् । यस्तो अवस्थामा शरीरको गतिविधि सुस्त हुन्छ र शरीरमा उर्जा बचत हुन थाल्छ । त्यसैले यो समयमा ढिलो पच्ने खालका खानाहरु खानु आवश्यक हुन्छ । यो समयमा रात लामो हुन्छ । त्यसैले बिहान अल्पाहार (ब्रेकफास्ट) गर्नु राम्रो हुन्छ । साथै, घिउ, दुध आदिले युक्त भएको र त्यस्ता दुग्ध पदार्थ मिसाएर पकाएको खानेकुरा खानु राम्रो हुन्छ ।
पौष्टिक खाना जस्तै लड्डु, पाक, हलुवा आदि पनि खानुपर्छ । मांसाहारीहरुले मासु, माछा आदिको सेवन गर्नुपर्छ । यो मौसममा टाउकोमा तेलले मालिस गर्नुपर्छ र जति सकिन्छ धेरैबेर घाममा बस्नुपर्छ ।

जाडो शिशिर (माघ फाल्गुन)
यस मौसममा शरीरमा उर्जा प्रबल मात्रामा आवश्यक हुन्छ । पाचन प्रकि्रया तीब्र रुपमा चल्छ । तसर्थ, यो मौसममा खाली पेट बस्नु स्वास्थ्यको लागि हानिकारक हुन्छ।यस मौसममा पौष्टिक खाना अरु बेलाको तुलनामा धेरै खानुपर्छ ।
लसुन, अदुवाको अचार आदि धेरै खानुपर्छ । दुध, घिउ, तेल आदिले बनेका खानेकुराहरु खानुहोस् । साथै, चिसोको सट्टा मनतातो पानी खानु राम्रो हुन्छ । यदि तपाईं रोगबाट जोगिन चाहानुहुन्छ भने यस मौसममा चिसो चीज खानु हुँदैन र उपवासबाट टाढा रहनु राम्रो हुन्छ ।

वसन्त ऋतु (चैत र बैशाख)
यस मौसममा पाचन रसको उत्पत्ति र त्यसको काम गर्ने क्षमता कम हुने गर्छ । यो मौसममा रुघा लाग्ने जस्ता समस्याहरु बल्भिmने गर्छ । यस्तो अवस्थामा पुरानो अन्न र धान आदिको सेवन गर्नु स्वास्थ्यबर्द्धक मानिन्छ । मुंगको दाल, मसुर, अरहर चना आदिको सेवन गर्नु राम्रो मानिन्छ । यो मौसममा शरीरको मसाज गर्नुहोस् ।
मनतातो पानीले स्नान गर्नुपर्छ । यस मौसममा चिसो प्रकृति खाना खानुहुँदैन । धेरै घिउ र भुटेको खाना, मिठाई नखानुहोस् । यो मौसममा दिनमा सुत्ने र रातमा अबेरसम्म जाग्नु पनि हुँदैन ।

ग्रीष्म (जेठ र असार)
यस मौसममा पाचन क्षमता अत्यन्त कमजोर हुन्छ । त्यसैले तातो, मसलेदार, नुनिलो, अमिलो र भुटेको खानाबाट सकेसम्म टाढा रहनु राम्रो हुन्छ । फलफूलहरुमा मौसमी अंगुर, अनार, तरबुजा आदि खानु राम्रो हुन्छ । रसिलो फल र फलहरुको रस, नरिवल पानी, उखुको जुस आदि पिउनु यो मौसममा राम्रो हुन्छ । जति सकिन्छ धेरै पानी पिउनुहोस् र चिसो तेलले टाउकोमा मसाज गर्नुहोस् ।

बर्षा ऋतु (साउन र भदौ)
यस मौसममा शरीरमा पाचनसँग सम्बन्धित रोगहरू बढी हुन्छन् । खानामा दुध, घिउ, मह, जौ, गहुँ, चामल आदि धेरै खानुपर्छ । यो समयमा धेरै सुक्खा अदुवा र कागती खानु राम्रो हुन्छ । यो समयमा पानी उमालेर पिउनु राम्रो मानिन्छ । यस मौसममा रक्सी, मासु, माछा र दही धेरै नखाएकै राम्रो ।

श्रोतःhttps://www.onlinekhabar.com/

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“भिखारी”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा फाटेको मुटु जतन गरी दुःखले सिलायो मागेर सधैं…

23 hours ago

उजाड

नन्दलाल आचार्य गोलबजार-४, सिरहा अँध्यारो कोठाभित्र चित्रकारको हात थरथर काँपिरहेको थियो । यद्यपि झ्याल बाहिरको…

23 hours ago

“ढोका”

ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…

23 hours ago

ढोका

सुमन कडरिया चितवन राति अबेरसम्म छोरी घर नफर्किएपछि आमाको ध्यान बारम्बार ढोकातिर थियो। उनले फोन…

2 days ago

“शरद् छ मस्त”

गणेश आत्रेय मदनपोखरा,पाल्पा हिलो र मैलो सुक्यो हरायो। वर्षा गयो लौ शरद् उदायो॥ हराभरा छन्…

2 days ago

जन्मदिन

ह्रदय लेकाली ए समीरका बाबा, "भोलि छोराले मेरो जन्मदिन मनाइदिनुपर्छ भनेर कचकच गरेको छ के…

2 days ago