सुस्मिता अधिकारी
काठमाडौँ
बिरालोले आक्रमण गरिहाल्छ कि भनेर डराउने मुसा एक्कासी मुस्कुराउन थाल्यो।
आँट गरेर बिरालो सामु गएर भन्यो ,” अरु जनावरले ठूलो शिकार गरेर कैयौं दिनको आहारा जोहो गर्छन् ,तिम्रो साहस म जस्तो सानो निरिह मुसा समाउने त हो नि !”
ढुकेर बसेको बिरालोले वरिपरि हेर्दै मुसाको पछाडि ठूलै समुह छन् कि भनेर झ्याप्प समाउँने आँट नगरी टक्क अडियो।
मुसा खुर्र दौडेर दुलोमा पस्यो।
घर मालिक ,”यसलाई दुध भात खुवाएर पालेर के काम त्यत्ति मुसा मार्न पनि सकेन “।
मालिक ओझेल पर्ने बित्तिकै मुसाले बिरालो सामु सुनौलो प्रस्ताव राख्यो,”हामी मिलेर लुकामारी खेलौँ । तिमीले स्याबासी पाउछौ र हामीले अन्न !”
बिरालो ,”तिमी पहिला नियमन निकायका ठूलै पदमा त थिएनौ ?”
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…
धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…
युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…
काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…
रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…
पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…