Categories: कविता

“पाहुना शरद्”


बाशुदेव पाण्डे

पाहुनाझैँ बिदा मागी फर्किने छु पुन: भनी
पालो हेमन्तको ठानी गयो टाढा शरद् पनि।

बसी माइतमा चेली फर्केझैँ कर्मका घर
शरद् आई छरी शोभा छुट्टिएर गयो पर।

अन्नबाली सबै काटी रित्तिए खेतका गरा
शरद्माझैँ धरा पूर्ण छैन उस्तो हराभरा।

सिरेटोको चल्यो सत्ता फर्के हेमन्तका दिन
हिमशैल दली नौनी नहोऊन् हँसिला किन।

रङ्गमञ्च धरा मानूँ सृष्टि- सत्ता छ सर्जक
सङ्गीतकारझैँ हावा हाँगाका पात नर्तक।

धरामा जन्मिए मोती पातका शीतका कण
रजनी लाउँछे मानूँ जूनका वस्त्र- भूषण।

सधैँ निर्धनको चित्त पार्न खोज्ने छियाछिया
दूतजस्तो चिसो हावा बन्छ मानूँ बिचौलिया।

लाग्ने वसन्तको झल्को फुले पैयुँ जता जता
अनौठो लोभलाग्दो यो छ धर्तीको विचित्रता।

उही सूर्य उही धर्ती मास, पक्ष सबै उनै
दिन छोटा भए रात लम्बिँदै छन् शनै: शनै:।

आयो हेमन्तको पालो शरद्का सिद्धिए दिन
जिम्मेवार धरा धात्री बिर्सन्थ्यो भूमिका किन।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

4 hours ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

4 hours ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

4 hours ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

1 day ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

1 day ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

1 day ago