(भानुजयन्तीको उपलक्ष्यमा घाँसी प्रति समर्पित लघुकथा)
शुक्रराज कुँवर
बलभद्रपथ धरान १०
आषाढको महिना झमझम पानी परिरहेको थियो । एकजना किसान बिहानै खेतमा झरेका मध्यान्ह घाँसको भारी बोकेर उकालो लाग्दै थिए । चौतारीमा भारी बिसाए । टोपीले मुख पुछ्दै थिए पारी डाँड़ो पहिरोले खर्लप्प खायो ।
“उफ ! यो बाढी पहिरो , कुनबेला आफ्नै घरबारी खान्छ होला उनी पिरोलिए । धेरै वर्षदेखि उनी प्रकृतिलाई नियालीरहेका थिए । बाढी पहिरो ,अतिवृष्टि ,अनावृष्टि , खड़ेरी , कहिले उखुम गर्मी ,कहिले उधुम जाड़ो आदिको रुपमा प्रकृतिले ताण्डव मच्चाउँथिन् ।
पृथ्वी सबै जीवजगतको साझा वासस्थान हो । तर आफूलाई चेतनशील मान्ने मान्छे नै वातावरण विनाशको कारक तत्व भएको कुरा उनलाई हेक्का थियो । यसैले उनी सानो प्रयास स्वरुप प्रकृति बचाउन भनेर घाँस बेचेको पैसाले वृक्षारोपण गर्दथे ।
घाँसको भारी बोकेर उनी हिड़न खोज्दै थिए, त्यसैबेला केही परबाट बुढो मान्छे खोकेको आवाज आयो । भारी छोड़ेर हत्तपत्त बुढो मान्छे नेर पुगे । अनौठो रुप धारण गरेका वृद्ध देखेर आश्चर्य प्रकट गर्दै सोधे – ” बा ! तपाईँ को ? ”
“म घाँसी हो बाबु ! तिमी पनि म जस्तै सत्कर्ममा लागेका रहेछौ तिमीलाई देखेर मन प्रशन्न भयो अनि प्रकट भएँ ।”
“अनि तपाईँ किन यति बिघ्न बिरुप ? ”
दूषित पर्यावरणको कारणले हो यो । आज भानुजयन्ती पनि हो । भानुभक्त मेरै प्रेरणाका उपज हुन् । उनले भाषाको एकिकरण गरे । आज मानिसहरु भाषा साहित्यको जगेर्ना गर्न लागिपरेका छन् । तिमी पनि म जस्तै सत्कर्ममा लागेका रहेछौ । कर्म गर्दै जाउ , तिम्रै प्रेरणाले कुनै दिन मानिसहरु पर्यावरण जगेर्ना गर्न लागि पर्नेछन् ।
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…
धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…
युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…
काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…
रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…
पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…