Categories: बाल कथा

“तस्बिर”

हिमा आर.सी

“तिमीले त राम्रो तस्बिर कोर्दा रहेछौं आहा कति राम्रो ” हिड्दै गरेका ती व्यक्तिले भने , “अँ कोर्छु ” रवीले ती व्यक्तिलाई जवाफ दियो । ती व्यक्ति त्यहाँबाट गए । उसले त्यहीँ ठाउँमा बसेर धेरै तस्बिर कोरेको थियो । तर कसैले वास्ता गरेका थिएनन् । आज अचानक ती व्यक्तिले आफ्नो चित्रलाई राम्रो छ भन्दा रवीलाई अझै तस्बिर कोर्ने हौसला बढ्यो । रवीलाई एउटा कार्यक्रमले बोलाइयो । रवीले त्यहीँ तस्बिर लिएर गयो । सबैले तस्बिरको प्रसंसा गरे”तिम्रो तस्बिर राम्रो लागेर मैले बोलाएको ।” यो सुनेपछि उसले पछाडि फर्केर हेर्यो। उनी अघि भेटिएका अपरिचित व्यक्ति थिए । उनलेे आफ्नो परिचय दिँदै भने “म प्रकाश तिमीले कोरेको तस्बिर कसको तिमीलाई थाहा छ”?


उनको कुरा सकेपछि उसले भन्यो। अँ..हँ…! थाहा छैन प्राय: म मस्तिष्कमा आएका तस्बिरहरूलाई मात्र कोर्छु , मैले यो । तस्बिर पनि कोर्छु भनेर कोरेको होइन कोर्दै गर्दा यस्तो बन्यो ।”
प्रकाशले भने ,” तिमीले तस्बिरमा एउटा कुरा छुटाए छौ, ” ” कुन कुरा ” उसले प्रश्न गर्यो । प्रकाशले कार्यक्रममा भएको ठूलो तस्बिर देखाउदै भने त्यो हातमा भएको किताब। ”
त्यहाँ भएको तस्बिरको अनुहार र उसले कोरको अनुहार उस्ता उस्तै थियो । किताबमा रामायण लेखिएको थियो । रामायण उसले पढेको थियो । रामायण लेख्ने भानुभक्त हुन भन्ने थाहा पाएपछि रवी खुसी भयो ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

21 hours ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

21 hours ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

22 hours ago

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

2 days ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

2 days ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

3 days ago