बाेधराज प्याकुरेल
खजुरा,बाँके
” खाेलानाला,ढल,शहरबजार सबै तिर फाेहर हुने पलाष्टिककै कारण हाे । प्रदूषणकाे मुख्य कारक नै पलाष्टिक हाे । यसले शहरलाई मात्र हाेइन गाउँका खेतीयोग्य जमिनलाई समेत मरुभूमिमा परिणत गर्दैछ । त्यसैले आजकै दिनबाट यस नगर क्षेत्रलाई पलाष्टिक निशेधित क्षेत्र घाेषणा गर्दछौँ ।” पलाष्टिक निशेधित नगर घाेषणा सभामा उपस्थित मेयरले लामाे भाषणपछि घाेषणा गरे ।
कार्यक्रम सकिएपछि उद्घाेषकले गराएको जानकारी बमोजिम सबैजना चियापानकाे लागि नजिकैकाे अर्को पण्डालतर्फ लागे । यतिञ्जेल भाषण सुनिरहेकाे म पनि अतिथिहरुकाे पछिपछि पन्डालभित्र छिरेँ ।
पलाष्टिककाे कुर्सी अगाडि पलाष्टिककाे टेवलमाथि पलाष्टिककाे प्लेटमा नास्ता सजाइएकाे थियो । खाँउकि नखाउँ म अल्मलिएँ ।
अकस्मात् मेरा आँखा मेयर बसेकाे टेवलमा पर्याे। वरिपरि मानिसहरूले घेरिएका मेयर साप त्यसरी नै सजाइएकाे नास्ता खाँदै पलाष्टिककाे गिलासमा चिया थाप्दै थिए ।
प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…
अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…
ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…