सुरेशकुमार पाण्डे
दाङ घोराही १८

“आमा! यो के हो? आज हामिले खाने यही हो?-पाँच वर्षकी सानी छोरीले आमासँग सोध्छे।’
रूकमणिले एकटक छोरी तिर हेर्छिन केही बोल्दिनन् तर उनका नम आँखा भने बोलिरहेका थिए।’

देशैभरी अनिकालले ढाड सेक्दैथियो। टाडा/टाडा सम्म कतै पनि बेसा पाइँदैनथ्यो। तेजप्रसाद लाहुर गएको चार वर्ष बितिसकेको थियो, न उसले पैसा पठायो न उसको कुनै अत्तापत्ता थियो। घरमा सबै रेखदेख गर्ने एक्लै रूकमणि नै हुन्।
दिउँसो धने साहुको रोपाईंमा गएकी रूकमणी छोरीलाई कहाँ छाड्ने घरमा एक्लै भनेर धने साहुकै आगनिमा खेल्न लगाई र आफु नजिकै दिनभरी खेत रोपी । बिचरा चार वर्षको छोरा र पाँच वर्षकी छोरी खेल्दा खेल्दै आगनिमै निदाएछन्।
घर फर्किंदा बित्तिकै ठुलो असिनो पानी परेको थियो। बिहानै छिमेकी कहाँ डियाँसँग बन गएका बुके गरू र लालकु गाई न आउँदा रूकमणी उस्तै चिन्तित् थिइन्।
घरमा खाने कुरा केही थिएन। तोरी पेलाएको खली अगेनामा पोल्दै थिइन्।
छोरी यही त हो धने साहुका छोरा छोरीले खाने पिजा!
रूक्मनीले दुबै भाइ दिदीलाई एक एक पोलेको खली दिंदै भनी।’
“होर ! आमा आहा! कती मिठो खाउ भाइ सानी नानीले आफ्नो भाइतिर हेर्दै भनी।
रूक्मनी बर्कीले मुख छोपेर रोइरहेकी थिई।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“म आमा”

शान्ति सापकोटा तिमी सास मेरा तिमी आस मेरा म आमा भएरै तिमी खास मेरा तिमी…

2 days ago

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…

2 days ago

सुरक्षित ठाउँ

अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…

2 days ago

“भिखारी”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा फाटेको मुटु जतन गरी दुःखले सिलायो मागेर सधैं…

3 days ago

उजाड

नन्दलाल आचार्य गोलबजार-४, सिरहा अँध्यारो कोठाभित्र चित्रकारको हात थरथर काँपिरहेको थियो । यद्यपि झ्याल बाहिरको…

3 days ago

“ढोका”

ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…

3 days ago