Categories: कविता

“शिक्षक हामी”

रामप्रसाद पन्थी
रेसुङ्गा न पा २ गुल्मी

बनेर माली शिक्षक हामी बगैंचा सजाई
रहाैंला खुसी बगैंचा भित्र फूल ती सजाई ।

विद्यार्थी हाम्रा फुलका थुङ्गा देश याे सिंगार्ने
झार र पात हटाई दिउँ बगैंचा बिगार्ने ।

ज्ञानकाे दियाे झलल बालाैं अँध्यारो हटाउँ
अविद्या फाली अभाव ढाली गरिबी मेटाउँ ।

गाैरव गराैं शिक्षण पेशा भाग्यले मिल्दछ
गुरूकाे मान गुरूकाे सान कमैले चिन्दछ ।

जाेसका साथ सुकर्म गराैं सतर्क बनेर
विचार आस्था मनमै राखाैं तटस्थ बनेर ।

गर्वका साथ पेशामा हामी सदैव जुट्ने छ
मर्यादा राखी पेशाकाे सधै माथि नै उठ्ने छाैं ।

गुनासो कैले रहने छैन पेशामा रहँदा
दुखले घेर्छ अरूकाे मिथ्या कुरामा बहँदा

विद्यार्थी हाम्रा छाेरा र छाेरी भाइ र बहिनी
दिनेछौं साथ ज्ञानकाे यात्रा नथाकी कहीँ नि ।

कसम खान्छाैं छातीमा हात राखेर साथी हाे
शिक्षक हामी आदर्श बन्नु आफैमा जाती हाे ।

शपथ खान्छाै आजकाे दिन नियुक्ति लिएर
देशकाे सेवा गर्नेछौं हामी जीवनै दिएर ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

8 minutes ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

24 hours ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

1 day ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

1 day ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

2 days ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

2 days ago