Categories: बाल कथा

किसानको छोरा


उपेन्द्र कुमार पोख्रेल

म एउटा किसानको छोरा हुँ। मेरो लागि माटो केवल माटो होइन, यो मेरो पहिचान हो। यही खेतमा बुबाआमाको पसिना बगेको छ, यही माटोले हाम्रो परिवारको सपना हुर्काएको छ।
आज फेरि आफ्नै खेतमा धान रोप्दै एउटा कुरा मनभरि महशुस भयो, हामीले एक छाक मिठो खाना खानुअघि कुनै किसानले घाम, पानी, हिलो र दुःखसँग लडेर त्यो अन्न उब्जाएको हुन्छ।
किसानका हातमा लागेको हिलो वास्तवमा देशको भविष्य हो। त्यसैले किसानको सम्मान गरौँ, कृषिलाई माया गरौँ। माटोसँग जोडिएको मान्छे कहिल्यै कमजोर हुँदैन, किनकि उसले जीवन उमार्न जान्दछ।
म किसानको छोरा हुँ, र यो मेरो सबैभन्दा ठूलो गर्व हो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

22 hours ago

“सबै मेरा साथी”

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…

23 hours ago

छोरी, गर्भमा नआउ ..

निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…

3 days ago

सहमति

अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…

3 days ago

“भाषा महिमा…!!”

सुदर्शन अम्बटे भाषा-भाषा भन्दै ज्यानै दिन्थ्यौँ हामी, अचेल हाम्रा नानीहरूलाई इङ्लिस लाग्छ दामी। नर्सरीको एस-मेस-ठेस'ले…

3 days ago

“ग्यास अभाव”

वसन्त अनुभव वसन्तविहार, घोराही दाङ चुलो हाम्रो खाली, रुँदै बस्यो भाँडो। भान्साभित्र आज, पस्यो फेरि…

4 days ago