कोषवल्लभ रेग्मी
देउमाई ७ इलाम

“छोराको दाँत जस्ताको तस्तै हुनुपर्छ। यस्ता मास्टरलाई स्कुलमा एकछिन राख्नु हुँदैन।”-सधैँ नरम र मीठो बोल्ने काल्दाईले आज अफिस छिर्नासाथ उधुम मच्चाए।
“हैन भएको के हो काल्दाई ?कुरो प्रस्ट पार्नु न ।”-मैले जान्न खोजेँ।
“बुझपचाउने काम नगर्नुहोस् हेडसर थाहा भैभै !”-उनी झन् तातिए।
एकैछिनमा अभिभावकहरुको भिड लाग्यो । प्रायः सबै रिसले चुर भएका जस्ता देखिन्थे । “-यस्तालाई राख्नुहुँदैन।सजाय दिनैपर्छ । पढाउन राखेको कि दाँत झार्न?”
अंग्रेजी मास्टर अलि कडै हुनुपर्छ । नत्र विद्यार्थीले टेर्दैनन् । हरि सर अंग्रेजी पढाउनुहुन्थ्यो।
“होमवर्क नगर्नेलाई सामान्य थप्पढ हानेको थिएँ । तर यस्तो काम मैले गरेको होइन ।”-सरले आफ्नो सफाई दिनुभयो । तर मन्नेवाला कोही थिएनन्।
“तिम्रो दाँत सरलेनै झारेको हो सुजन् ?”-मै सोधेँ।
उसले टाउको हल्लाउँदै “हो”को संकेत गर्यो । बाहिरको माहोलले सरको सुरक्षा गर्न धौधौ परेको थियो।
मैले एकछिन धैर्य हुन अनुरोध गर्दै सुजनको भाइ रबिनलाई बाहिर कुनामा लगेर सोधेँ -“भन त बाबु तिम्रो दाजुको दाँत के भएको हो ?”
“दाजुले मलाई दस रुपे दिएर नभन्नु भनेको छ सर !”
“लु म एकसय दिन्छु भन त !”-मैले उसको हातमा एकसयको नोट थमाइदिएँ।
कसैले देख्छन् कि जस्तो गरि उसले भन्यो-“कसैलाई नभन्नु कि सर हिजो छुट्टी भएर घर जाँदा पिपलको रुखमा चड्दा लडेर हो सर। दाँत मलाई बोक्न दिएको छ नभन्नु भनेको छ ।”-उसले मलाई गोजीमा कागजले बेरेको पोका भित्रबाट दाँतको टुक्रा देखायो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

11 hours ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

11 hours ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

1 day ago

डर

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "मम्मी भोक लाग्यो !"- पप्पुले आमाले पकाइरहेको कुरौनी देखेर भन्यो।"…

1 day ago

सौगात

शिव कुमार रेग्मी पोखराथोक,पाल्पा सुन्दरीको पढाइ धेरै राम्रो थियो। उनले धेरै पढेर आमा-बुवाको नाम राख्न…

3 days ago

“बाल अठोट”

धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…

3 days ago