Categories: बाल कथा

“दृष्टिकोण”

शान्ता शाक्य
धापाखेल ललितपुर
” साँझ पर्न लागिसक्यो। सबै फर्किसके। तपाईँ अगिदेखिन् यो पार्कमा एक्लै बसिराख्नुभएको देख्छु । कसलाई कुरिराख्नुभएको हो कुन्नि ।” यही कुरा पुन: दोहो-याएँ। कुनै जवाफ फर्काइन। ऊ लाटी रहिछ भनी सम्झें।
” नाम के होला ? कहाँ पुग्नुपर्ने हो ? म यहीको वासिन्दा हुँ। केही सहयोग गर्नुपर्छ भने भन्नुस्।……यता हेर्नुस् न ।”
टोलाएर मात्र बसिरही। मैले दृष्टिविहीन रहिछ भन्ने सम्झें।
“सुन्नुस् न तपाईं यति राम्री हुनुहुन्छ। एक्लै तरुनीलाई देख्दा मान्छेको कुदृष्टि पर्नसक्छ। म केही सहयोग गरूँ कि “
बारम्बार उही कुरा दोहो-याएँ। उसले सुनेको आभास दिइन। सम्झें बहिरी पनि रहिछ।
मौका यही हो भन्ने सम्झें। ऊ बसेको बेन्चमा नजिकिंदै बसें। कुनै प्रतिक्रिया आएन।हौसला बढ्यो। झन् नजिकिएँ। कुनै विरोध गरिन । म झन् झन् हौसिएँ। विस्तारै उसको देब्रे हात समातेर आफूतिर तानें। अचानक मेरो गालामा चट्याङ पड्कियो।  म रन्थनिएँ। आँखा रातो पार्दै ऊ कड्किई –
“ए मिस्टर ,तैंले मलाई जे सोचेको थिइस् नि, म त्यो होइन। म त बोल्न नसक्ने,सुन्न नसक्ने अनि देख्न नसक्ने दिदीबहिनीहरू एकान्तमा एक्लै बस्दा दुनियाँले कस्तो दृष्टिले हेर्छन् भन्ने विषयमा शोधकार्य गरिरहेकी शोधकर्ता हुँ बुझिस्।”
सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

निधार

संजिता भट्टराई धनगढीमाई,सिरहा गाईगोठको भक्कारो सोहोर्दै गरेकी जुनेलीको कानमा कच्ची बाटोबाट गुन्जिएको ठूलो हाँसो ठोकिन…

10 hours ago

“बाल दिवसको सन्देश”

कृष्ण शरण उपाध्याय बच्चा स्वस्थ बलिष्ष्ठ अब्बल बनून्, ती देशका हुन् जग बच्चा हृष्ट र…

11 hours ago

स्वाद

मित्र उराठी गौतम अमरपुर गुल्मी हालः तिलोत्तमा रुपन्देही स्वाद जम्मा छ किसिमका छन्। विज्ञान पढाउने…

11 hours ago

“बालदिवस”

तेजप्रकाश श्रेष्ठ मेरो किताब खै ? मेरो कापी कलम खै ? मेरो स्कुल ब्याग खै…

1 day ago

“मैले दर खान्न बरिलै”

रामप्रसाद पन्थी रेसुङ्गा न पा २,गुल्मी पाेहाेर सम्म आमासित मामा घर जान्थें म मामाघर टन्न…

1 day ago

तीज

अम्बिका धिताल भक्तपुर “आमा! यसपालि माइती घरमा दर कुन दिन खाने खै केही खबर आएन…

1 day ago