Categories: बाल कथा

चटारो

शान्ता शाक्य
धापाखेल ललितपुर

ओहो ! आज उठ्न ढिला भएछ।बित्यास पर्ने भो भन्दै अत्तालिंदै हतार हतार भान्छाको काम सकाएँ।
“ए,नानी उठ् उठ् स्कुल जान ढिला हुन्छ । किताबकापी,खाजापानी सबै झोलामा राखिदिइसकेँ।”
जवाफ पनि नदिने उठ्न पनि नउठ्ने उता श्रीमान् पनि मस्त सुतिराखेको देख्दा रिसको पारो चढ्दै गयो।
“होइन , आज बाउछोरीलाई के भएछ हँ ? अफिस जान ढिला भएन भन्या ?”
उठ्ने चालचुलै नदेख्दा छोरीकहाँ गएर उठाउन खोजेँ।
“हरे ! आज बस छुट्ने भयो। खाना कहिले खाने हो ,लुगा कहिले लाउने हो उठ् न उठ् नानी।”
सुने पनि नसुने झैं गरी। फेरि उता गई हेरेँ श्रीमान् पनि मस्तै । समयले नेटो काट्दै गएकोले पहिला छोरीलाई जबर्जस्ती उठाउन खोजेँ।
छोरी रिसाउँदै चिच्याई- “यो मामुले आनन्दसँग सुत्न पनि दिनुभएको होइन।”
“होइन ,आज स्कुल नजाने विचार गरेकी त होइनौ ? कड्केर सोधेँ।
ऊ रिसाई । मेरोभन्दा चर्को स्वरले चिच्याई- “यो मामुलाई सधैँको चटारो आज शनिबार हो भनेर थाहा छैन कि क्या हो ?”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“घडी”

ह्रदय लेकाली यो घडी साँच्चै अचम्म लाग्दो छ। कहिले अगाडि अगाडि र कहिले ढिलो गरेर…

7 hours ago

“क ख रा”

धनराज सिलवाल चितवन क बाट कलम ख खरायो ग बाट गमला घ घडी पढ पढ…

7 hours ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो । विएलइको परीक्षा…

7 hours ago

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

1 day ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

1 day ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

2 days ago