गंगा खड्का
कति राम्रो रुप छ
आकाशमा चम्केकी
कता जान होला साथी
छिटोछिटो लम्केकी ।
हँसिलो मुहार छ
हुन् कि रुपकी रानी
रातमा पनि उज्यालो
दिने रैछ बानी।
तारासँग मिली जुली
लुकामारी खेल्छिन् कि
कहिलेकाहीँ कला घट्दा
दु: ख पनि झेल्छिन् कि!!
आकाश हेरे आकाशैमा
पानीभरि छाया
टिपी ल्याई टपक्क
गर्न पाए माया!!
शान्त छ स्वभाव तिनको
दिल खोली हाँस्छिन्
भेद छैन मनमा कुनै
सबैसँग मन गाँस्छिन्।
बूढानीलकण्ठ , काठमाडौँ
सुमन कडरिया चितवन विद्यालयको वार्षिक नतिजाको समीक्षा बैठक चलिरहेको थियो। एक शिक्षकले प्रधानाध्यापकसामु भने -…
सीता वादी मन्त्री महिला तथा बालबालिका मन्त्रालय सिंहदरबार बाढीबाट प्रभावित बालबालिकाका लागि संरक्षण केन्द्र तयार,…
कृष्ण शरण उपाध्याय बच्चा स्वस्थ बलिष्ष्ठ अब्बल बनून्, ती देशका हुन् जग बच्चा हृष्ट र…