छोरीको गुन्यु चोली

प्रभादेवी पौडेल

“बाबु अब त छोरी पनि नौ वर्षकी लागि , गुन्यु चोलो दिने बेला भएनर ?” ” किन हतार गर्नुहुन्छ आमा , बाबु पनि अलि ठूलो हुन्छ, छोराको व्रतबन्ध र छोरीको गुन्यु चोलो सँगै गरौंला हुन्न र? खर्च पनि एउटैले उम्किन्छ।” ” त्यसो भनेर कहाँ हुन्छ र छोरा ? बाबु भर्खर तिनमा लागेको छ । छिटो गरेपनि सात वर्षको हुनलाई अझै पाँच वर्ष कुर्नुपर्छ । त्यो बेला सम्म त छोरी पर सरिसकेकी हुन्छे। हाम्रा पाला जस्तो जमाना कहाँ छ र अहिलेे ? सबै विकासे कुखुरा जस्ता छन् । म त पन्ध्र वर्षमा पर सरेकी । अस्ति भर्खर तेरै भान्जीलाई हेर न ? एघार टेक्ने बित्तिकै पर सरेकी ।”
आमाका कुराले छोरा बुहारीले छोरीको गुन्यु चोली कर्म छिटै गर्ने निधो गरे। दिन हेराएर सबै कुराको व्यवस्था मिलाए। यो निम्तो गर्ने काममा जती सबैलाई समेट्छु भने पनि एउटा न एउटा छुटी हाल्ने हुनाले सबै मिलेर बोलाउनु पर्ने र बोलाएका घरमा चिनो लगाए । नभन्दै डहर मुनिका श्रीराम बाजेको घरमा कार्ड बाढ्दै जाँदा दैलो लाएको कारणले फिर्ता आएको रहेछ। अलि भाउ खाने मान्छे उनी बाहिरी भन्दा घरकै मान्छेको हातबाट निम्तो खोज्ने हुनाले बुहारी सम्झना चुलै निम्तो दिन आफै कार्ड लिएर पुगिन्।
श्रीराम बाजेले कार्ड हातमा समाते र सम्झनालाई शिर पाउ नियाले । यो देख्दा उनलाई निक्कै असहज भयो र प्वाक्क मुख फोरे ” हैन नानी यो गुन्यु चोली कार्यक्रम तिम्रो होकी छोरीको ?”

भरतपुर ९,चितवन

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

प्रयास

सुमन कडरिया चितवन सागिर्द आँगनमा खेलिरहेको थियो। खेल्दाखेल्दै उसको नजर एउटा सानो कमिलामाथि पर्यो। कमिलाले…

4 hours ago

“बालापनको रक्षा”

घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…

4 hours ago

“शरद ऋतुको आगमन”

मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…

2 days ago

“लाेक बाजा बिनायाे”

इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…

2 days ago

पसिनाको मुल्य

शरद गौतम घोराही १५ हरि, मोहन केशव तथा अरु हरु एकै गाउमा बस्छ्न। गाउँ पनि…

2 days ago

बालबालिका सम्बन्धी ऐन संशोधन विधेयक : डिजिटल हिंसादेखि बाल न्यायसम्म नयाँ व्यवस्था प्रस्ता

काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…

3 days ago