रमेश प्रभात,
चितवन
घरि जान्छ तल,
घरि जान्छ माथि,
मिलीजुली बस्छ,
कुरा गर्छ जाती,
मेरो सानो साथी ।
आमासँगै जान्छ,
पूजा गर्छु भन्दै,
हावा हुरी चल्दा,
जोगाउँछ बाती,
मेरो सानो साथी ।
दाजुसँगै पढ्छ,
गृहकार्य गर्छ,
थपक्क ऊ सुत्छ,
जब हुन्छ राति,
मेरो सानो साथी ।
दिएको ऊ खान्छ,
खेल्न पनि जान्छ,
स्कुल जाने बेला,
लगाउँछ ताँती,
मेरो सानो साथी ।
सुमन कडरिया चितवन विद्यालयको वार्षिक नतिजाको समीक्षा बैठक चलिरहेको थियो। एक शिक्षकले प्रधानाध्यापकसामु भने -…
सीता वादी मन्त्री महिला तथा बालबालिका मन्त्रालय सिंहदरबार बाढीबाट प्रभावित बालबालिकाका लागि संरक्षण केन्द्र तयार,…
कृष्ण शरण उपाध्याय बच्चा स्वस्थ बलिष्ष्ठ अब्बल बनून्, ती देशका हुन् जग बच्चा हृष्ट र…