गंगा खड्का
बूढानीलकण्ठ १ काठमाडौँ
टाइचिनको चामलको
मीठो भयो खीर
एकै ठाउँमा बसी खायौँ
भुली दु: ख पीर ।
आमाको हातै मीठो
खाएँ चाटीचाटी
खीर बसाले देखि नै
बसेको म राल काटी ।
साउनको पन्ध्रमा
पर्नलाई गति
खीर खाने हाम्रो
देशमा रहेछ संस्कृति ।
पूजापाठ ,ब्रतबन्ध
श्राद्धमा पनि
पाक्ने रहेछ खीर
अति मीठो बनी ।
जति खाए नि पेट अघाउँछ
मन अघाउन गाह्रो
भान्सामा पाक्नेमध्ये
खीर लाग्छ प्यारो ।
प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…
अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…
ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…