रमेश सुबेदी
ललितपुर१३,कुसुन्ती

पन्डित जी जग्गेमा गर्नु पर्ने पुजा पश्चात घडी हेर्दै लगन बित्न लाग्यो भन्दै थिए । म भन्दै थिएँ, पहिलेको जमाना हो र ? अचेल बेहुलाको आफन्त ईश्ट्मित्र कुर्दा कुर्दै भनेको समयमा निस्कन सक्दैनन् । छोडेर हिँडे हामीलाई बोलाएर किन छोडेर हिँडेको भनेर रिसाउँछन् । ती ढिला आउनेलाई समयको कुनै पर्वाह हुँदैन । तोकिएको समयमा पुगे त इज्जतै जान्छ जस्तो ठान्छन् ।
अचेल फोटोले समय बर्बाद गर्छ भन्दै पन्डित जी चिन्ता ब्यत्त गर्दै भन्न लागे । जम्मा जम्मि एक डेड घन्टामा सबै जग्गेको काम सकाउनु पर्छ । पहिलेको जस्तो बिधि बिधानले जग्गेको काम गर्न पाइँदैन । सायद त्यसैले होला अचेलको सम्बन्धमा दरार देखा परेको । हामी भन्दा अघिका पुस्ताहरु जसरी पनि घर बिग्रन हुन्न भनेर सिकाउँथे। अहिले सहेर बस्ने होइन, के कम छस् र आफैँ कमाउन सक्ने भए पछि दब्बिएर बस्नु पर्दैन भनेर उचाल्छन् । म उनको कुरो सुनेको नसुनै गरेर घडी हेर्दै बसे।
प्रतिक्षाको घडी सकियो, बाजा गाजा सहित वरियातको आगमनले माहोल उत्साहमय बन्यो । बेहुलाको आगमन तोकिएको समयमा आएर स्वयम्बरको निम्तो स्वीकार्नु थियो । वरियात सँगै ल्याउनु पर्ने हुँदा आगन्तुक आफन्त कुर्दैमा बितेछ । वरियातको स्वागतार्थ सबै मिलेर फूल अक्षेताले पुजा गर्दै जग्गे तिर पुर्याईयो । बिधि अनुसार बरणीको कार्य सङ्गै साईपाटाको स्वागत गरियो । पाउ पखाल्ने, पुज्ने कार्य गरेर कन्यादान गर्न पत्रमा उल्लेखित समय अगाडि कुदी सकेको थियो।
खिस्स हाँस्दै सम्धीज्यु नजिक पाल्नु भो । अनि भन्नु भो अचेलको जन्ति “महिला” नलिई आउन पाईँदैन। उनीहरुको सिङ्गार पटारले गर्दा यता समय बित्यो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

साइनो

बिन्दु पाैडेल वस्ती भरतपुर-२,चितवन "तपाईँ त्यसरी नआत्तिनुस् । आत्तिँदैमा समस्याको समाधान कहाँ निस्किन्छ र ?…

13 hours ago

“अ…..अ:”

धनराज सिलवाल चितवन अनारको पहिलो अक्षर टिप सानू अ आमाको पहिलो अक्षर टिप सानू आ…

14 hours ago

“निर्बोध प्रेम”

प्रह्लाद दवाडी लिङमो पेपथाङ्,दक्षिण सिक्किम "आज तिमीहरू मिठो मिठो खाउ ल, म पनि खुवाउँछु" सानीले…

14 hours ago

गार्गी जस्तै जन्मियून् श्रेष्ठ नारी

शोभा कोइराला नारी यस्ता निडर बनियून् शङ्ख उद्घोष गर्ने योद्धा बन्दै हरबखत नै सत्यको खोज…

14 hours ago

चञ्चल

शान्ता शाक्य धापाखेल,ललितपुर "तिमी चुप लाग।" "लाग्दिन।" "मेरो साथी तिम्रो साथीभन्दा चञ्चल छ।" "होइन क्या…

3 days ago

बतास चलेको त्यो रात….!

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल:ललितपुर "ए उठ ! उज्यालो हुनै लाग्यो, रातभरिको हावाले आँप भुइँभरि झरेका…

3 days ago