ध्रुवप्रसाद ढकाल
हाम्रो मन रमाउने चाडपर्वले ।
म त हजुर नेपाली भन्छौँ गर्वले ।
चाडपर्व नआउने त दिन हुँदैन ।
औकातले मनाऔँ पीर लिन हुँदैन ।
दशैं तिहार तीजमा सबै रमाउँछन्।
चाडपर्व मान्न भनि पैसा कमाउँछन्।
मिठा मिठा परिकार खान पाइन्छ ।
नातागोता मामाघर जान पाइन्छ।
खिर,लट्टे,फुर्यौला महिना फेरेर ।
कोही नाच्छन् झुमेर ऐना हेरेर ।
देउसी,भैलो,मारुनी जात्रा फरकै ।
मासु मिठो रोटी मिठो घर घरकै ।
चाडपर्व संस्कार नहोस् विकृति ।
संसारभरि फैलाऔं हाम्रो संस्कृति ।
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…
धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…
युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…
काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…
रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…
पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…