“बुबा मेरो भविष्य”


प्राप्ती रेग्मी
स्याङ्जा पुतलीबजार
कक्षा : ७

बुबा धेरै पसिना निकाली
मेरो भविष्य खोज्दै हिड्नुहुन्थ्यो,
सानो हँदा छोरी!पढ पढ भन्नुहुन्थ्यो,
आज आएर मात्र थाहा भयो।

मेरो भविष्यलाई सुन्दर बनाउन
खोज्नु भएको रहेछ।
बुबा हजुरले मलाई हुर्काई, पढाई, लेखाई
ठुलो बनाउनुभयो।

आज आएर मेरो भविष्य बनाउन भन्दै
पुलिस स्कुल ल्याउनुभयो।
बुबा हजुर त मेरो सहारा र सर्वस्व हो
आफ्नो आँखामा नबिझाउने नानी बनाई राख्नुभयो ।

बुबा हजुरलाई मैले कसरी धन्यवाद दिऊँ
मेरै भविष्यका लागे भनेर आफू टाढा रहेर
जीवनमा सङ्घर्ष सहेर
पुलिस स्कुल होस्टलमा राख्नुभयो ।

पढ्दै छु म आफ्नो भविष्य बनाउन
तपाईँका ती सपनाहरूलाई जीवनमा सजाउन,
मिहिनेत र सङ्घर्ष गर्दै सफल मानिस बन्ने छु
देशको गौरव बढाएर अब्बल छोरी बन्ने छु ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

स्कूल फी

मधुसूदनप्रसाद घिमिरे किसाेर किसाेरीद्वारा आन्दाेलन भयाे । देशकाे सत्ता ढल्याे । भ्रष्टाचार दुराचार अत्याचार अव…

44 minutes ago

अपाङ्गता र बालापन

रोजिना घिमिरे के केबल सपाङ्ग शरीर, सबल इन्द्रिय र समाजले तोकिदिएको तथाकथित 'सामान्यता' को कसीमा…

1 hour ago

“सोह्र श्राद्ध”

मधुसुदन घिमिरे छाेरीकाे छाेराे ताेरीकाे साग अदुवाकाे अचार पितृकाे भाग पातकाे टपरी दूना बुहारी सीप…

1 day ago

“समाचार”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा "एउटा कुरा थाहा पाउनु भयो मम्मी ?" सानी…

1 day ago

बानी

अन्जु चालिसे ‘रूपाञ्जली’ आरुबारी, काठमाडौँ “समाजमा धेरै विकृति फैलियो, अब बदलिनुपर्छ!” सभाहल तालीले गुञ्जियो। गान्धी…

2 days ago

“मेरो सानो कोठा”

शशि अर्याल लम्साल मेरो सानो कोठा छ काेठामा एउटा ढाेका छ ढाेकाकाे छेउमा टेबुल गर्छु…

3 days ago