मधुसूदन घिमिरे
कल कल पानी आउछ
मेराे चापाकल
बल धेरै चाहिदैन
झर्छ कलकल
बाला बुढा सबले तान्ने
हाम्राे चापाकल
अंजुलिमा लिइ हेर्दा
लाग्छ निर्मल।
लुगाधुन पनि हुने
पिउन छ ,निर्मल
आमा दिदी खुशी मान्दै
थिच्छन् चापाकल
सानी बैनी रमाएर
नगरी कन बल
थाेरै मात्र थिचे पनि
पानी कल कल।
धाराे ठूलाे ह्वाल्ल हुने
गाग्री बाल्टी भर्ने कल
ठूलै ट्याङ्की भराै जस्ताे
मेराे चापाकल
गर्मी भयाे भन्दै साथी
पानी खेल्न नगर बल
सफा हुन पिउन पानी
दिन्छ यहि चापाकल ।
नचाहिदाे प्रयाेग गरे
चिसाे गढी गर्छ छल
आवश्यक मात्रा ताने
उपयाेगी चापाकल
पानी धेरै तिम्ले खेले
जलले पनि गर्छ छल।
घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…
मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…
इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…
काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…