पुण्यप्रसाद घिमिरे
बैत्यश्वर-६ दाेलखा
पढ बुझ बाबुनानी,
के के कुरा चार,
चार भित्रै जन्म मृत्यु,
गर्छ वारपार।
युग चार वर्ण चार,
वेदहरू चार,
बाधा चार आश्रम चार,
चारै छ अपार।
सत्य त्रेता द्वापर,
कलि युग चार,
ऋग साम यजुर,
धनुर् वेद चार ।
साम दाम दण्ड भेद,
लाेक नीति चार,
ब्राम्हण क्षत्री वैश्य शुद्र,
मान्छे वर्ण चार।
धर्म अर्थ काम माेक्ष,
पुरूषार्थ चार,
ब्रम्हचार्य गृहस्थ,
वान प्रस्थान सन्यास।
प्रात मध्यान्ह संध्या,
रात समय चार,
माता पिता गुरू ईश,
अभय छन् चार।
प्रह्लाद दवाडी लिङमो पेपथाङ्,दक्षिण सिक्किम "आज तिमीहरू मिठो मिठो खाउ ल, म पनि खुवाउँछु" सानीले…
शोभा कोइराला नारी यस्ता निडर बनियून् शङ्ख उद्घोष गर्ने योद्धा बन्दै हरबखत नै सत्यको खोज…
कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल:ललितपुर "ए उठ ! उज्यालो हुनै लाग्यो, रातभरिको हावाले आँप भुइँभरि झरेका…