शान्ता तिम्सिना
भक्तपुर
बिहानै,पत्रिकामा जुनाको फोटो देखेर छिमेकीहरु अचम्मित भएका थिए।
सधैँ नकारात्मक टिप्पणी गर्ने उनीहरु त्यस दिन लाजले शिर निहुराएका थिए। सबैको मनमा एक प्रकारको रहस्य पनि थियो।
अफिस जाँदै गर्दा जुनाले बिगतलाई झलझली सम्झँदै थिइ।
“हाम्रो गाउँमा तेरो कुरा काट्दै थिए नि ! ” पल्लो गाउँकि साथी कुन्ताले उसलाई सुनाएकी थिइ।
“के भन्दै थिए ? भन् न सुनम् ! ” जुनाले सोधेकी पनि थिइ।
“बिहान अँध्यारै निस्कन्छे ,राती मात्र घर फर्कन्छे।
कता जान्छे, के गर्छे ,कसैलाई थाहा छैन ।” बूढो पनि घरमा छैन। त्यसको चालमाल ठिक छैन ,आजभोलि ” समुहमा यस्तै यस्तै कुरा काट्दै थिए।”
“अरुले कुरा काट्दैमा मलाई केही फरक पर्दैन । उनीहरुले कुरा काट्दा मेरो जीवन सकिने हो र ?” उसले सहज रुपमा उत्तर दिएकि थिइ।
“त्यतिमात्र हो र ? आफ्ना छोरीचेली पनि बिग्रेलान् भन्ने डरले सशंकित हुँदै थिए बरु दिनभरको काम चैँ खुलासा गर्दे न त ! सबैको मुखमा बिर्को त लाग्छ । कुन्ताले सामाधानको उपाय बताएकी पनि थिइ।
“आफ्नो लक्ष्य पूरा गर्नु छ भने त्यो कुरा कसैलाई सुनाउन हुन्न नि ! मैले भन्नै पर्दैन ,एक दिन उनीहरु आफैँले बुझ्नेछन् । आफुले दर्बिलो स्वरमा भनेको कुरा पनि स्मरण गरी, उसले।
“धेरै पछि पो भेट भयो त ! कता लागिस् ।” त्यही साथी कुन्ताको आवाजले ऊ झसङ्ग भइ।
ओहो ! कस्तो संयोग, हेर त, तँलाई नै सँझदै थिएँ ।” कुन्ताले भनी।
“ए , अनि एक्कासी किन सम्झिस् त है ! आज मलाई ।” उसले जिज्ञासा राखी।
“मेरो मा. वि. त्रितीय श्रेणी स्थाइ शिक्षकमा नाम निस्किएछ नि ! पहिला मेरो धज्जी उडाउनेहरु अब के भन्छन् होला त ! बुझेर आइज है !” उसले आफ्नो सफलता र गुनासो दुबै सुनाई।
“घरमा बसेर पढेको कहिल्यै देखेको थिएन त ! कसरी निस्कियो, नाम!” छक्क पर्दै उसले सोधी।” लक्ष्य पूरा गर्नु थियो, त्यसैले कसैको कुरा सुन्ने फुर्सद थिएन मलाई। बिहान ट्युसन कक्षा जान्थेँ । दिनभर पुस्तकालयमा बसेर पढ्थेँ नि !”
दुर्गा घिमिरे रामदीपले दिनदिनै कथा लेख्न थालेपछि साथीहरूमा एक प्रकारको कौतुहलता थपिएको थियो। गाउँको चिया…
दलबहादुर शाही हिमाली पाखामा अमृतसरहको बग्दछ जल त्यही मिल्छन् लाखौँ कुसुम जडिबुटी औषधि फल त्यही…
शशी अर्याल काठमाडौं मौसम सधैंजसो केही न केही चकचक गरिरहन्थ्यो । कक्षाका साथीहरूलाई कुनै न…