Categories: बाल कथा

रहस्य


शान्ता तिम्सिना
भक्तपुर

बिहानै,पत्रिकामा जुनाको फोटो देखेर छिमेकीहरु अचम्मित भएका थिए।
सधैँ नकारात्मक टिप्पणी गर्ने उनीहरु त्यस दिन लाजले शिर निहुराएका थिए। सबैको मनमा एक प्रकारको रहस्य पनि थियो।
अफिस जाँदै गर्दा जुनाले बिगतलाई झलझली सम्झँदै थिइ।
“हाम्रो गाउँमा तेरो कुरा काट्दै थिए नि ! ” पल्लो गाउँकि साथी कुन्ताले उसलाई सुनाएकी थिइ।
“के भन्दै थिए ? भन् न सुनम् ! ” जुनाले सोधेकी पनि थिइ।
“बिहान अँध्यारै निस्कन्छे ,राती मात्र घर फर्कन्छे।
कता जान्छे, के गर्छे ,कसैलाई थाहा छैन ।” बूढो पनि घरमा छैन। त्यसको चालमाल ठिक छैन ,आजभोलि ” समुहमा यस्तै यस्तै कुरा काट्दै थिए।”
“अरुले कुरा काट्दैमा मलाई केही फरक पर्दैन । उनीहरुले कुरा काट्दा मेरो जीवन सकिने हो र ?” उसले सहज रुपमा उत्तर दिएकि थिइ।
“त्यतिमात्र हो र ? आफ्ना छोरीचेली पनि बिग्रेलान् भन्ने डरले सशंकित हुँदै थिए बरु दिनभरको काम चैँ खुलासा गर्दे न त ! सबैको मुखमा बिर्को त लाग्छ । कुन्ताले सामाधानको उपाय बताएकी पनि थिइ।
“आफ्नो लक्ष्य पूरा गर्नु छ भने त्यो कुरा कसैलाई सुनाउन हुन्न नि ! मैले भन्नै पर्दैन ,एक दिन उनीहरु आफैँले बुझ्नेछन् । आफुले दर्बिलो स्वरमा भनेको कुरा पनि स्मरण गरी, उसले।
“धेरै पछि पो भेट भयो त ! कता लागिस् ।” त्यही साथी कुन्ताको आवाजले ऊ झसङ्ग भइ।
ओहो ! कस्तो संयोग, हेर त, तँलाई नै सँझदै थिएँ ।” कुन्ताले भनी।
“ए , अनि एक्कासी किन सम्झिस् त है ! आज मलाई ।” उसले जिज्ञासा राखी।
“मेरो मा. वि. त्रितीय श्रेणी स्थाइ शिक्षकमा नाम निस्किएछ नि ! पहिला मेरो धज्जी उडाउनेहरु अब के भन्छन् होला त ! बुझेर आइज है !” उसले आफ्नो सफलता र गुनासो दुबै सुनाई।
“घरमा बसेर पढेको कहिल्यै देखेको थिएन त ! कसरी निस्कियो, नाम!” छक्क पर्दै उसले सोधी।” लक्ष्य पूरा गर्नु थियो, त्यसैले कसैको कुरा सुन्ने फुर्सद थिएन मलाई। बिहान ट्युसन कक्षा जान्थेँ । दिनभर पुस्तकालयमा बसेर पढ्थेँ नि !”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

साइनो

बिन्दु पाैडेल वस्ती भरतपुर-२,चितवन "तपाईँ त्यसरी नआत्तिनुस् । आत्तिँदैमा समस्याको समाधान कहाँ निस्किन्छ र ?…

5 hours ago

“अ…..अ:”

धनराज सिलवाल चितवन अनारको पहिलो अक्षर टिप सानू अ आमाको पहिलो अक्षर टिप सानू आ…

5 hours ago

“निर्बोध प्रेम”

प्रह्लाद दवाडी लिङमो पेपथाङ्,दक्षिण सिक्किम "आज तिमीहरू मिठो मिठो खाउ ल, म पनि खुवाउँछु" सानीले…

5 hours ago

गार्गी जस्तै जन्मियून् श्रेष्ठ नारी

शोभा कोइराला नारी यस्ता निडर बनियून् शङ्ख उद्घोष गर्ने योद्धा बन्दै हरबखत नै सत्यको खोज…

6 hours ago

चञ्चल

शान्ता शाक्य धापाखेल,ललितपुर "तिमी चुप लाग।" "लाग्दिन।" "मेरो साथी तिम्रो साथीभन्दा चञ्चल छ।" "होइन क्या…

2 days ago

बतास चलेको त्यो रात….!

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल:ललितपुर "ए उठ ! उज्यालो हुनै लाग्यो, रातभरिको हावाले आँप भुइँभरि झरेका…

2 days ago