दुर्गा घिमिरे
रामदीपले दिनदिनै कथा लेख्न थालेपछि साथीहरूमा एक प्रकारको कौतुहलता थपिएको थियो। गाउँको चिया पसलमा त झन् त्यसैको चर्चा चल्थ्यो। एक जनाले चियाको सुर्की लगाउँदै भन्यो, “दिनभर हामीसँगै गफ गर्छ, सँगै काम गर्छ । अनि घर पुग्न नपाउँदै कथा पोस्ट गरिहाल्छ। यति छिटो कसरी लेख्न सक्छ ?
पक्कै एआइबाट सारेको हो।”
अर्कोले तुरुन्तै थप्यो, “अहिले एआइले सबै कुरा गरिदिन्छ रे ! कविता, कथा, भाषण… मान्छेले सोच्नै पर्दैन।”
तेस्रोले नाक खुम्च्याउँदै भन्यो, “मैले त पहिलेदेखि नै शंका गरेको थिएँ। आफ्नै दिमागले यति धेरै लेख्न सकिँदैन।”
चिया पसलमा अनेकथरी अड्कलबाजी चलिरहे। कसैले उसलाई “एआइ लेखक” भन्यो, कसैले “कपी-पेस्ट कथाकार।”
त्यही बेलुका म चोकमा साथीहरूसँग क्यारम खेलिरहेको थिएँ।
उता बिहान चिया पसलमा एआइबाट कथा सार्छ भनेर गफ दिनेहरू फेरि राजनीतिक बहसमा व्यस्त थिए। तर रामदीप भने गाउँका बूढाबूढीहरूसँग बसेर पुराना लोककथा, उखान, जनविश्वास र गाउँका भोगाइहरू , लोक गीतहरु टिपिरहेका थिए। एक हजुरबुबाले सोधे, “बाबु, यति धेरै कुरा किन सोध्छौ ?”
रामदीप मुस्कुराए, “हजुरहरूका अनुभव हराए भने भोलिका पुस्ताले गाउँ चिन्न सक्दैनन् नि।”
म टाढाबाट त्यो दृश्य हेरिरहेको थिएँ।
त्यस क्षण मलाई लाग्यो—एआइले कथा लेख्न सक्ला, तर गाउँको धूलो माटो , बूढाबूढीहरुको अनुभव ,लोक गीत यथार्थ जीबन मान्छेको न्यानोपन महशुस गरेर कथा बुन्न सक्दैन र त्यस्ता भोगाइलाई टिप्ने मान्छेहरु अझै बाँकी छन्।
दलबहादुर शाही हिमाली पाखामा अमृतसरहको बग्दछ जल त्यही मिल्छन् लाखौँ कुसुम जडिबुटी औषधि फल त्यही…
शशी अर्याल काठमाडौं मौसम सधैंजसो केही न केही चकचक गरिरहन्थ्यो । कक्षाका साथीहरूलाई कुनै न…
केशवमान सिंह बस्नेत कपाल कोर्नुस् 'लगाउनुस् ,जुत्ता मोजा नाना तयार हुनुस् ,झोला बोक्नुस , दिदी…
कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा कल्कल बग्ने हिमाली नदी सुन्दर महान मिलेर बस्छौँ…