
रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ
बुझिँदैन पढ्दा नि बल गरेर
यस्तो बेला बुझिन्छ चित्र पढेर
भाषा बुझे बुझिन्छ कथा कविता
नत्र भने गाह्रो छ भन्छिन् सविता
नबुझ्नेले के बुझ्छन् अक्षर छरेर
अनपढले नि बुझ्न सक्छन् चित्र पढेर
चित्रभित्र लुकेको छ शब्द हजार
अचेल भोलि चित्रकै देख्छु बजार
जहाँ चित्र देख्यो त्यहीँ हेर्छु अडेर
राम्रोसँग बुझ्छु म चित्र पढेर
चित्रभित्र भाव छ गहिरो अर्थ छ
भाषासँगै चित्र नि हेर्नु पर्दछ
बुझिँदैन शब्दकै भर परेर
त्यतिखेर बुझिन्छ चित्र पढेर।
श्रोतः नेपाली बालसाहित्य





