निर्मलाबराल
भक्तपुर सानो ठिमी
“तिमीहरू सबैले पाठ बुझ्यौ हैन ?” गुरूले विद्यार्थीहरुलाई साेध्नु भयाे।
सबैजनाले एकै स्वरमा बुझेकाे जवाफ दिए। अन्तिम बेन्चमा बस्ने राकेशकाे ध्यान भने अन्यत्रै थियाे। ऊ चुपचाप कापीमा केही लेखिरहेकाे थियाे।
“राकेश, के तरिका हाे याे तिम्राे ? खै पढाइमा तिम्राे ध्यान ?” गुरु उँचो स्वरमा कराउनु भयाे। गुरुकाे आवाजले राकेश झस्कियाे। उसले हत्तपत्त कापी बन्द गर्याे।
“म बिचार गर्दैछु तिमी अघि नै देखि पढाइमा ध्यान दिइरहेका छैनाै ? पढ्न मन छैन कि कसाे ? कि तल्लाे कक्षामा घटुवा गर्नुपर्याे ?”
गुरुले राकेशलाई हप्काएकाे सुन्दा समग्र कक्षामा हाँसाेकाे फाेहरा छुट्याे। राकेशले नम्रतापुर्वक जवाफ दियाे, “सर, हजुरले पढाएकाे पाठ मैले मेरा यी कानले सुनेपनि अनि बुझे पनि!” राकेशकाे जवाफले गुरुकाे कन्पारो तात्याे। उहाँ तात्तिँदै उसकाे नजिकै पुग्नु भयाे। क्षणिक आवेगलाई नियन्त्रण गर्दै उहाँले जिज्ञासा राख्नु भयाे।
“उसाे भए अघिदेखि कापीमा के लेखेर बसेकाे त ?” राकेशले गुरुलाई लेखेकाे कुरा देखाउन नखाेजेपछि गुरुले बलजफ्ती उसकाे हातबाट कापी खाेस्नु भयाे। पानामा कारेकाे हेर्दै उहाँ भावविह्वल हुनु भयाे।
खासमा त्यसमा उहाँकाे हुबहु चित्र थियाे, जसकाे शीर्षक थियाे, ‘मेराे गुरु: मेराे आदर्श’।
कृष्णशरण उपाध्याय पौडेल बाढी आइरहेछ गाउँ घरमा, चीत्कारमा देश छ गाना गाइरहेछ मृत्यु डरमा -…
इन्दु उपाध्याय विश्वनाथ, असम रातको पौने बाह्र बजेको थियो। घरभरि गहिरो सन्नाटा थियो। सबैजना निद्रामा…
राजेन्द्र परदेसी हजुरबुबा छतमा बसेर पत्रिका पढिरहनुभएको थियो। त्यही बेला नाति आनन्द उहाँको नजिक आएर…
शरद गौतम हे नानी गरिमा निमोठियौ तिमी बाल्यकालमा जसै इच्छा आकाँक्षा तिम्रा कति थिए उजाडभएनि…
View Comments
Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you. https://www.binance.info/register?ref=IXBIAFVY
Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me? https://www.binance.bh/register?ref=MBLCVVZG