Categories: बाल कथा

इच्छाशक्ति


तुलसी पण्डित

उफ् यो के गरेको ?
बिहान देखि बेलुका सम्म व्यस्त लखनदासले सुस्केरा हाल्यो।
हो उसको मिहेनतले छोरी शहरमा बसेर पढेकी थिइन् । उनले समाजशास्त्रमा डिग्री पढ्दै थिइन् । उनको पढाइ राम्रो थियो । उनले समाजको राम्रो अध्यन गरेकी थिइन् । समाजको बेथिति हटाउने सङकल्प गरिन् ।
अन्तिम वर्षको परीक्षा सकिएकोले उनी घर आइन् । बाबा खेतमा गोरु जोति रहेका थिए। आमा भित्र भान्सा तयार गर्दै हुनुहुन्थ्यो।
“छोरी आइपुग्यौ । भान्सा तयार भयो । जाउ खेतमा गएर बाबालाई खाना खान घर पठाइ देऊ ।” “हुन्छ आमा भन्दै छोरी खेतमा पुगिन्।”
“बाबा भान्सा तयार भयो । जानुहोस् घर खाना खान।”
“छोरी गोरु यताउत हिड्न सक्छ राम्रो सँग हेर है ?”
“हस् बाबा ।”
बाबा भात खाएर खेतमा आउदा छोरीले हलो जोती रहेको देख्नु भयो।
“ए छोरी यो के गरेको अब अनर्थ हुने भयो।”
यो हल्ला सुनेर छिमेकीहरू के हो भन्दै हेर्न थाले। खेतको दृश्य देखेर उनीहरूले जिब्रो टोके अनि गाइगुइँ चल्न थाल्यो।
“छोरी तिमीले यो के गरेको ? अब पृथ्वी भासिन्छ । गाउँलेहरूले अब हामीलाई गाउँ निकाला गर्नेछन् ।”उनले गाउँलेहरू सबैलाई भेला गरिन्।
“हेर्नुहोस् अब परिस्थिति बद्लि सकेको छ । गाउँमा छोरा मान्छे छैनन् । छोरा मान्छे न भएपछि बाँच्न त पर्यो । अनि हामीले हलो न जोते बाँच्न सकिएला । अबत मलामी जाने टौवा राख्ने सबै काम हामीले नै गर्ने हो।”
यो कुरा सुनेर गाउँले सबै खुशी भए । उनीहरुले भने। “हो खेत सबै बाझिएछ । खेत बाझिएकोले खाना खान पनि समस्या भएको छ । अब हामी आफैले खेत जोत्नु पर्छ ।”यो कुरा सुनेर बाबा दङ्ग पर्दै सोच्नु भयो।
“इच्छाशक्ति भए एउटै पढेलेखेको व्यक्तिले समाज अनि राष्ट सहजै परिवर्तन गर्न सक्ने रहेछ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

शिक्षा

अनिल गुरुङ गिंग लेबोङ बाबा, यो पालि म फस्ट भयो भने मलाई फोन किनी दिनु…

22 hours ago

“बाढी को कहर”

कृष्णशरण उपाध्याय पौडेल बाढी आइरहेछ गाउँ घरमा, चीत्कारमा देश छ गाना गाइरहेछ मृत्यु डरमा -…

23 hours ago

“मूना”

दुर्गा पाैड्याल मूना थिएँ ऐले म त ,बन्थेँ काेपिला फक्रिएर भाेलिपर्सि ,शुभास छर्दथेँ मलाई देख्दा…

23 hours ago

मध्यरातको त्यो सर्प

इन्दु उपाध्याय विश्वनाथ, असम रातको पौने बाह्र बजेको थियो। घरभरि गहिरो सन्नाटा थियो। सबैजना निद्रामा…

2 days ago

आइसक्रिमका यादहरू

राजेन्द्र परदेसी हजुरबुबा छतमा बसेर पत्रिका पढिरहनुभएको थियो। त्यही बेला नाति आनन्द उहाँको नजिक आएर…

2 days ago

“नानी गरिमा”

शरद गौतम हे नानी गरिमा निमोठियौ तिमी बाल्यकालमा जसै इच्छा आकाँक्षा तिम्रा कति थिए उजाडभएनि…

2 days ago