Categories: कविता

“चुनाव आयाे”


मधुसूदनप्रसाद घिमिरे

चुनाव आयाे मतदान गर्नु छ
अनेकमा याैटा भर पर्नु छ ।

के के ल्यायाै एजेन्डा गर्ने के काम
हामीले मत दिने आधार पनि भन ।

नियन्त्रण महङ्गी भा छ कि छैन
भाेट् माग्न आउनेलाई प्रश्न गर्नु छ ।

तुइन चढी पढ्न जाने विद्यार्थी
पक्की पुल बन्छ ? प्रश्न गर्नु छ ।

सुविधा मात्र लिने बानी परेका
भाेट दिए के गर्छाै सत्ता चढेर ।

तिमी माग्ने हामी दिने जाेगी आएछ
मत्दातालाई छल्ने ऐले भाेगी आएछ ।

पेट्मुख नभा छाै काे इमान्दारी ?
मत्दातालाई छल्ने तिमी दुराचारी ।

के के काम गर्ने ऐल्यै कसम खाउ
छल्छाम् मात्र गर्ने, लोप्पा ख्वाइ! जाउ ।

सारथि बाल पत्रिका

Recent Posts

“शरद ऋतुको आगमन”

मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…

2 hours ago

“लाेक बाजा बिनायाे”

इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…

3 hours ago

पसिनाको मुल्य

शरद गौतम घोराही १५ हरि, मोहन केशव तथा अरु हरु एकै गाउमा बस्छ्न। गाउँ पनि…

3 hours ago

बालबालिका सम्बन्धी ऐन संशोधन विधेयक : डिजिटल हिंसादेखि बाल न्यायसम्म नयाँ व्यवस्था प्रस्ता

काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…

1 day ago

अस्तित्व

चम्पा दिवस राई दक्षिण सुखिम छेवैमा उभिएर ढकमक्क फुलेका गदवारीलाई हेर्दै पारिजातले भन्यो -- "फूलहरुको…

1 day ago

“सहयोग गरौँ”

शोभा कोइराला सहर छैन उजाड भयो स्थिति कहरमा असरल्ल छ बेथिति विरहनिम्ति सदा जसरी जुटौँ…

1 day ago