Categories: बाल कथा

परिवर्तन


इन्दिरा छेत्री
उदालगुड़ी असम

एउटा सानो गल्लीमा सडकबत्ती वर्षौंदेखि बिग्रिएको थियो। रात परेपछि त्यो गल्ली अन्धकारमा डुब्थ्यो, अनि अन्धकारसँगै मानिसहरूको मनमा पनि चोरी, झगडा, चेलाहरूमाथि गिद्दैनजर कसैले लगाउँछ भन्ने डरले भरिएको हुन्थ्यो। त्यही गल्लीमा बस्ने एउटा सामान्य युवा थियो। न कुनै ठूलो पद, न धेरै पैसा। तर उसले एउटा कुरा बारम्बार सोच्थ्यो—गाउँ बिग्रिएको छ भनेर गुनासो गर्ने हामी नै, सुधार कसले गर्ने ? उसको यो प्रश्नले उसलाई रातभर सुत्न दिँदैनथ्यो।
एकदिन उसले निर्णय गर्यो। पहिलो काम आफ्नै गल्लीबाट सुरु गर्ने। ऊ नगरपालिकामा गयो, सडकबत्ती बनाइदिन निवेदन गर्यो। कर्मचारीहरूले सुरुवातमा बेवास्ता गरे। कसैले भन्यो, यहाँ यस्तै हो, के गर्न सक्छौ र ? तर उसले हार मानेन। उसले छिमेकीहरूलाई भेला गर्यो, हस्ताक्षर अभियान चलायो, सामाजिक सञ्जालमा गल्लीको अवस्था देखायो।
केही घन्टापछि सडको बत्ती फेरि बल्यो। त्यो सानो उज्यालोले गल्ली मात्र होइन, मानिसहरूको सोच पनि उज्यालो बनायो। चोरी घट्न थाल्यो, बच्चाहरू साँझ पनि निडर भएर खेल्न थाले। मानिसहरूले महशुस गरे—परिवर्तन सानो कदमबाट सुरु हुन्छ।
उ त्यत्तिमै रोकिएन। उसले युवाहरूलाई भेला गरेर सरसफाइ अभियान चलायो। पहिले फोहोरले भरिएको गल्ली अब फूलका गमलाले सजिएको थियो। बृद्धहरूका लागि साप्ताहिक स्वास्थ्य शिविर पनि सुरु गरियो। कसैले पैसा दियो, कसैले समय, कसैले सीप—सबैले आ–आफ्नो जिम्मेवारी बुझे।
उसलाई सोधे, तिमीले गाउँ परिवर्तन गर्ने ठूलो सपना देख्यौ ? उ मुस्कुरायो, मैले गाउँ होइन, एउटा गल्ली सुधार्न चाहेको थिएँ। तर जब मानिसहरू मिलेर काम गर्छन्, सानो गल्लीबाट पनि गाउँ बदलिन्छ।
यो खबर सबैतिर फैलियो। अरू तिरका युवाहरूले पनि आफ्ना–आफ्ना ठाउँमा साना अभियान सुरु गरे—कहीँ पुस्तकालय, कहीँ वृक्षारोपण, कहीँ नशाविरुद्ध कार्यक्रम। विस्तारै गाउँभरि‌नै एउटा नयाँ सोच फैलियो—सरकारलाई मात्र दोष दिने होइन, आफूले गर्न सक्ने कामबाट सुरु गर्ने।
त्यो गल्ली सबेकै उदाहरण बन्यो। तर उ अझै पनि आफूलाई सामान्य मान्थ्यो। उसले सधैँ एउटै कुरा दोहोर्याउँथ्यो गाउँ सुधार्ने कुनै ठूलो शब्द होइन, हामी सबैको सानो–सानो कर्मको जोड हो।‌ उ सँधै भन्थ्यो देश बदल्न नेता पर्खनु पर्दैन, जिम्मेवारी बुझेका नागरिक बन्नुपर्छ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“घडी”

ह्रदय लेकाली यो घडी साँच्चै अचम्म लाग्दो छ। कहिले अगाडि अगाडि र कहिले ढिलो गरेर…

16 hours ago

“क ख रा”

धनराज सिलवाल चितवन क बाट कलम ख खरायो ग बाट गमला घ घडी पढ पढ…

16 hours ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो । विएलइको परीक्षा…

17 hours ago

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

2 days ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

2 days ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

3 days ago