पुण्यप्रसाद घिमिरे
बैत्यश्वर-६ दाेलखा
रङ्गिचङ्गी वागजस्तै,फुल्नुपर्छ देश,
बाँझाे धर्ति हराभरा,झुल्नुपर्छ देश
म त जाल देख्छु म त,पत्र घाेषणाका,
हिमालदेखि तराईमन,घुल्नुपर्छ देश
सुदुर र दुर्गमका,बुझ पीडा नाना,
सहरमा भाषण हैन,डुल्नुपर्छ देश
झाेला बाेक्दै परदेश,दिक्कवाक्क आमा,
कवच हैन मुटु भित्र,हुल्नुपर्छ देश
के फल्दैन के फुल्दैन,नेपाल भूस्वर्गमा,
निकास र विकासमा,खुल्नुपर्छ देश।
,
इन्दु उपाध्याय हेलेम-मिसामारी,आसाम साँझको समय थियो। रोशन कार्यालयबाट फर्किएपछि सोफामा बसेर मोबाइलमा व्यस्त थियो। सामाजिक…
मणिराज भट्टराई गठ्ठाघर, भक्तपुर हुँदैन सन्तानको मायाँ कहिल्यै पनि धेर थोर मैले सम्झिएकै छु तिमीले…