चुनाव


सेविका रानाभाट
बाङ्ग्रेबेसी,लमजुङ

मतदान गर्न जाँदा भन्ने होइन हाम्रो
आफ्नो खुसी दिनुुपर्छ मान्छे चिनी राम्रो

नपर्नु है कोही पनि डर-धम्की करमा
अधिकार छ मतदान गर्ने आफ्नै भरमा

भेदभाव नगर्नु है आफ्नो हक हो पाइन्छ
हरेक दु:ख पीडा पर्दा छिमेकी नै चाहिन्छ !

ढुङ्गाको र माटाको भए जस्तै नाता
दु:ख पर्दा एक-अर्कालाई दिनुपर्छ साथ

कसैले नि कसैलाई नभन्नु है खराब
निर्दोषीलाई पर्यो भने लाग्छ त्यसको सराप

सबै मिली देशको विकास गर्दा राम्रो हुन्छ
द्वन्द्व-कलह बढ्दै जाँदा धर्तीको मन रुन्छ।