बिन्दु पौडेल
चैत वैशाख लाग्यो
हावा हुरी आयो
हावा हुरीसँगै
कसिङ्गर मडार्दै।
धुलो माटो उड्छ
आँखाभित्र छिर्छ
झ्याल ढोका लगाऊ
नत्र धुलो पस्छ।
खाने कुरा छोप
धुलो मैलो पर्ला
बाहिर फेर नडुल
तिमीलाई चोट लाग्ला।
हावाहुरी गएपछि
झ्याल ढोका खोल्नु
धुलोमैलो बढारेर
बल्लभित्र बस्नु।
हात खुट्टा मात्रै होइन
भाडाकुँडा पखाल्नु
सागसब्जी केलाएर
भाडापछि बसाल्नु।
बाहिर सामान नराख
उडाई देखाउँछ रबाफ
पछि खोज्दै हैरान
हुन्छौ तिमी लखतरान्।
प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…