मोक्ष खतिवडा

‘आमा म त हिँडे है।’ सरोजले भन्यो। ‘कहाँ हिँडे भनेको ? खाना पनि खाएकै छैन?’ आमाले भन्नु भयो। परबाट एक हुल साथीहरू सरोज भएतिरै आइरहेका देखिए। हतार हतार खाना खाएर सरोज पनि बाटो लाग्यो। ऊ हिँडिसकेपछि मात्रै आमाले आज होली खेल्ने दिन भन्ने सम्झनुभयो।
अरु साथीहरू झैँ सुजनले पनि सरोजसँग मजासँग होली खेल्यो। सरोज र सुजनको बोलचाल बन्द भएको लगभग वर्ष दिन हुन लागेको थियो। यसरी उनीहरु होली खेलेको हेर्दै बसेको अर्को साथी सागरले अलि परतिर लगी ‘के हो सुजन आज त नबोल्ने साथीसँग पनि मजाले पो रङ खेलिस् त!’
‘यो पर्व त हामी बीचको आपसी द्वन्द, कलह,तुच्छता सबै नाश गरी प्रेम सद्भाव जगाउने पर्व पो हो। ‘सुजनले राम्रोसँग बुझायो।
सरोज पनि उनीहरूकै छेउमा आएर ‘हो त हाम्रा मनभित्रका ईर्ष्या, द्वेष जे जे थिए आजदेखि सबै समाप्त गरी मिलजुल हुनुपर्छ। यो होली पर्वले हामीलाई यही नै शिक्षा दिन्छ।’

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

20 hours ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

20 hours ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

2 days ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

2 days ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

2 days ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

3 days ago