Categories: बाल कथा

छटीमाता


प्रार्थना खनाल, जोशी
सुकेधारा काठ्माण्डौ
हालः स्लाऊ, युके

कति रमाइलो पर्व !
सबै आफन्त , बृद्ध बाआमाहरू परिपरिका सबै नदीको तलाऊमा भरिभराउ छन् । पूजाको तयारी हुँदैछ। समयलाई सबैले कुर्दै आ आफ्ना पूजासामग्री अगाडि समर्पित गर्दैछन्।
बालसुलभ प्रतिभाका जिज्ञासुद्वय सुविज्ञ र विद्वानले अग्रजको समूहमा प्रश्न गरे, “छटपर्व र षष्ठीका भनेको के हो?”
त्यही समूहमा भएका विद्वान हजुरबुवाले खुसी हुँदै यस्तो जिज्ञासु नातिहरूलाई मैले जानेका कुरा बझाइदिन्छु , ल सुन भन्दै,”छटपर्व दाजु सूर्य र बहिनी षष्ठीकाको कथा हो। यो पारिवारिक आध्यात्मिक प्रेम र विशाल साधनाको कथा हो। जहॉ बहिनी षष्ठीकालाई रिझायो भने दाजु आफैँ खुशी हुन्छन् । त्यसैले नेपाली समाजमा सबै धर्मावलम्बीहरूले छटपर्व मनाउँछन् , बुझ्यौ ।“
“कसरी ?”सुविज्ञ फेरि प्रश्न गर्छ।
हजुरबाले बुझाउँने कोशिस गर्दै , “ हेर ,परिवारको प्रमुख शक्ति नारी हुन्। तिम्रो हाम्रो घरमा आमा ,दिदी ,बहिनी अर्थात् महिलाको ठूलो भूमिका हुन्छ । घरमा एक्छिन आमालाई नदेख्यो भने मनमा कति पीड़ा हुन्छ भनत?
विद्वानले जवाफ दिँदै भन्यो ,” हो नि ! आमा नहुँदा मन उज्यालो नै हुँदैन।
“हो! षष्ठीका,पार्वती, दूर्गा, राधा आदि मातृशक्ति हुन्। प्रकृतिलाई पनि मातृ शक्तिको रूपमा सम्मान गरिन्छ। त्यसैगरि सूर्य चाहिँ पितृशक्तिका रूपमा शिव, विष्णु, कृष्ण आदि हुन्। हामी नदीमा गएर सफाहुन नुहाउँछौँ, ध्यान गर्छौँ, पूजा गर्छौँ , प्रेम-प्रणयका गीत गाउंछौँ । तर, त्यही नदीमा बाढी आयो भने महॉकाली , रणचण्डी भएर रौद्ररूप देखाउन पछि पर्दिनन्। “ हजुरबाले बुझाउनु भयो।
“हजुरबा ! षष्टीकालाई पूजा गर्दा कसरी सूर्य खुसी हुन्छन् भनेको त ?” सुविज्ञले प्रतिप्रश्न पर्यो?
हजुरबाले बुझाए , “ हेर , जसरी प्रकृतिको संरक्षण गर्दा समयमै पानी पर्छ, बाली बिरूवा लगायत सम्पूर्ण प्रकृति मूर्झाउंछिन्। अदृष्य दायित्व सूर्यको किरणको हुन्छ। जसलाई दाजुबहिनीको मेल मानिन्छ। जसरी प्रकृतिलाई सूर्यले संरक्षण गरे त्यसरी नै नारी समुदायलाई उनीहरुका क्षमता बुझी अवसर दिएमा विद्वानवर्ग जन्मन्छन्। रोग, शोक, भोक आदि समस्या हराउँछन्। छटीमाताको आशीर्वादले पूरा समाज राष्ट्र स्वर्ग बन्छ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बालबालिका सम्बन्धी ऐन संशोधन विधेयक : डिजिटल हिंसादेखि बाल न्यायसम्म नयाँ व्यवस्था प्रस्ता

काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…

24 hours ago

अस्तित्व

चम्पा दिवस राई दक्षिण सुखिम छेवैमा उभिएर ढकमक्क फुलेका गदवारीलाई हेर्दै पारिजातले भन्यो -- "फूलहरुको…

24 hours ago

“सहयोग गरौँ”

शोभा कोइराला सहर छैन उजाड भयो स्थिति कहरमा असरल्ल छ बेथिति विरहनिम्ति सदा जसरी जुटौँ…

1 day ago

“तीज”

देव भट्टराई हाम्रो प्यारो तीज आयो घुमेर। हाँसौँ खेलौँ कर्मलाई चुमेर ।। साथीसङ्गी नाच्न आओ…

2 days ago

पुरस्कार

सन्दर्भ वालदिवस राजन् कार्की पाजु धरान सुनसरी कौशिला ए, कौशिला ! कहाँ छेस् हँ ?…

2 days ago

उज्ज्वल भविष्य

सुमन कडरिया चितवन विद्यालयको वार्षिक नतिजाको समीक्षा बैठक चलिरहेको थियो। एक शिक्षकले प्रधानाध्यापकसामु भने -…

2 days ago