कल्पना मरासिनी
अर्घाखाँची, हाल ललितपुर
“बहिनीलाई राम्ररी हेर्नू नी, उसलाई छोडेर अन्त कतै खेल्न नजानू।” पाँच वर्षकी जेठी छोरी उजेलीलाई अराउँदै बाटुली ठूलाघरे कान्छाबाको आरू खोला रोपाईँ तर्फ लागिन्। मेलामा गाउँका डल्ली, फुर्सी , डुकी, बसन्ती र झुम्की सँगै थिए । तीन घरेको आज ठूलो रोपाईँ भएकोले सहनाईँ बाजाको तालमा रोपाहारहरू धान रोप्दै थिए । उता सेते, काले ,किस्ने,मादे आदि ठट्टा गर्दै हली ,बाउसे र ठींगेको काम गर्दै थिए। कान्छाबा चाहिँ खेतको आलीमा छाता ओढेर रोपाहारहरूको निगरानी गर्दै थिए। उता सुन्तलीको छाती बेलाबेला चरक्क भइरहेको थियो। उसको मन घरमा पाँच महिनाकी छोरीमा पुगिरहेको थियो । छाती गानिएर चोली भिजिसकेको थियो। झमक्क साँझ परेपछि घरभित्र पस्दा उसकी सानी छोरी धुलाम्मे अवस्थामा आँगेनाको डिलमा निदाइरहेकी थिई। उतिखेरै जुनेली बाहिरबाट भित्र पस्नासाथ सुन्तलीले एक झापड लगाउँदै भनी ,”बहिनीलाई एक्लै छोडेर कहाँ गएकी थिइस् ?” डराउँदै हातको बटुको देखाउँदै उसले भनी, “बहिनीको लागि पल्ला घरमा यो दाल भात लिन गएकी थिएँ।”
प्रह्लाद दवाडी लिङमो पेपथाङ्,दक्षिण सिक्किम "आज तिमीहरू मिठो मिठो खाउ ल, म पनि खुवाउँछु" सानीले…
शोभा कोइराला नारी यस्ता निडर बनियून् शङ्ख उद्घोष गर्ने योद्धा बन्दै हरबखत नै सत्यको खोज…
कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल:ललितपुर "ए उठ ! उज्यालो हुनै लाग्यो, रातभरिको हावाले आँप भुइँभरि झरेका…
View Comments
Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.
Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me? https://accounts.binance.bh/register/person?ref=GGYHGRE