कल्पना मरासिनी
अर्घाखाँची, हाल ललितपुर

“बहिनीलाई राम्ररी हेर्नू नी, उसलाई छोडेर अन्त कतै खेल्न नजानू।” पाँच वर्षकी जेठी छोरी उजेलीलाई अराउँदै बाटुली ठूलाघरे कान्छाबाको आरू खोला रोपाईँ तर्फ लागिन्। मेलामा गाउँका डल्ली, फुर्सी , डुकी, बसन्ती र झुम्की सँगै थिए । तीन घरेको आज ठूलो रोपाईँ भएकोले सहनाईँ बाजाको तालमा रोपाहारहरू धान रोप्दै थिए । उता सेते, काले ,किस्ने,मादे आदि ठट्टा गर्दै हली ,बाउसे र ठींगेको काम गर्दै थिए। कान्छाबा चाहिँ खेतको आलीमा छाता ओढेर रोपाहारहरूको निगरानी गर्दै थिए। उता सुन्तलीको छाती बेलाबेला चरक्क भइरहेको थियो। उसको मन घरमा पाँच महिनाकी छोरीमा पुगिरहेको थियो । छाती गानिएर चोली भिजिसकेको थियो। झमक्क साँझ परेपछि घरभित्र पस्दा उसकी सानी छोरी धुलाम्मे अवस्थामा आँगेनाको डिलमा निदाइरहेकी थिई। उतिखेरै जुनेली बाहिरबाट भित्र पस्नासाथ सुन्तलीले एक झापड लगाउँदै भनी ,”बहिनीलाई एक्लै छोडेर कहाँ गएकी थिइस् ?” डराउँदै हातको बटुको देखाउँदै उसले भनी, “बहिनीको लागि पल्ला घरमा यो दाल भात लिन गएकी थिएँ।”

सारथि बाल पत्रिका

View Comments

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

साइनो

बिन्दु पाैडेल वस्ती भरतपुर-२,चितवन "तपाईँ त्यसरी नआत्तिनुस् । आत्तिँदैमा समस्याको समाधान कहाँ निस्किन्छ र ?…

17 hours ago

“अ…..अ:”

धनराज सिलवाल चितवन अनारको पहिलो अक्षर टिप सानू अ आमाको पहिलो अक्षर टिप सानू आ…

17 hours ago

“निर्बोध प्रेम”

प्रह्लाद दवाडी लिङमो पेपथाङ्,दक्षिण सिक्किम "आज तिमीहरू मिठो मिठो खाउ ल, म पनि खुवाउँछु" सानीले…

17 hours ago

गार्गी जस्तै जन्मियून् श्रेष्ठ नारी

शोभा कोइराला नारी यस्ता निडर बनियून् शङ्ख उद्घोष गर्ने योद्धा बन्दै हरबखत नै सत्यको खोज…

18 hours ago

चञ्चल

शान्ता शाक्य धापाखेल,ललितपुर "तिमी चुप लाग।" "लाग्दिन।" "मेरो साथी तिम्रो साथीभन्दा चञ्चल छ।" "होइन क्या…

3 days ago

बतास चलेको त्यो रात….!

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल:ललितपुर "ए उठ ! उज्यालो हुनै लाग्यो, रातभरिको हावाले आँप भुइँभरि झरेका…

3 days ago