सुनिता निरौला पौडेल
राधे राधे ,भक्तपुर

“आहा ! कति मिठो , स्वादिष्ट फल।” बाँदरले गोहीलाई देखाउँदै भन्यो । त्यो फल देखेर गोहीलाई पनि खान मन लाग्यो र बाँदरसँग मागेर खायो।
“साँच्चै नै म कति भोकाएको थिएँ । यस्तो बेलामा तिमीले मलाई फल दिएर मेरो भोक मेटायौ। आज देखि तिमी र म साथी बनौँ।” बाँदर पनि खुसी भएर उत्तिखेर साथी बन्यो।
“हेर ! साथी , आजदेखि तिमी र म असल मित्र भयौँ। तिमीलाई जतिखेर भोक लाग्छ भन, म यहीँ रूखमा बसेको हुन्छु ।” बाँदरले भन्यो । यसै क्रममा उनीहरूको दोस्ती निकै गहिरो भयो।
“साथी यति मिठो स्वादिष्ट फल मेरो श्रीमतीलाई पनि दिन मन लाग्यो। के तिमीले मलाई फल टिपेर दिन सक्छौ?” गोहीले भन्यो । बाँदरले पनि उतिखेर त्यो स्वादिष्ट फल टिपेर गोहीलाई दियो।
खुसी हुँदै सोही फल गोहीले आफ्नो श्रीमतीलाई दियो।
“तिम्रो साथीले यति मिठो फल खाँदा रहेछन् । झन् त्यस्तो मिठो फल खाने साथीलाई नै खान पाए कति मिठो हुन्थ्यो होला।” आफ्नो श्रीमतीको कुरा सुनेर ऊ दङ्ग परेर सुनिरह्यो । जिद्दी गर्दै गोहीको श्रीमतीले भनिन्।
“हो के बुढा , अझ त्यस्तो मिठो फल खाने बाँदरलाई नै खान पाए झन् कति स्वादिष्ट हुन्थ्यो होला ।” “हुन्न बुढी, आफ्नो मित्रलाई म त्यसरी धोका दिन चाहन्न।” निराश हुँदै गोहीले भन्यो।
“यदि तिमीले मलाई धेरै माया गर्छौ भने मलाई त्यो बाँदरलाई ल्याइदेउ , सक्दैनौ भने म कहिले पनि तिमीसँग बोल्दिन।” अब गोहीलाई आपत पर्यो । लुरु लुरु बाँदर भएतिर गयो।
“साथी मेरो श्रीमतीलाई पनि तिमीसँग भेट्ने इच्छा भयो।
हिँड, तिमीलाई मेरो घरमा खाना खुवाउन लान्छु।” बाँदर पनि मख्ख परेर साथीसँग गयो।
बिचमा पुगेपछि गाह्रो मान्दै गोहीले मनमा लागेको कुरा भन्न लाग्यो। मित्र , मेरो श्रीमतीलाई तिम्रो मुटु कलेजो खान पर्यो अरे !” बाँदरलाई चिसो पस्यो र भन्यो । “ओहो ! साथी , मैले त आफ्नो मुटु कलेजो त्यहीँ रूखमा पो छोडेर आएँ , हिँड त लिन जाउँ।” भन्दै दुबै रूखतिर गए।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

12 hours ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

12 hours ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

1 day ago

डर

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "मम्मी भोक लाग्यो !"- पप्पुले आमाले पकाइरहेको कुरौनी देखेर भन्यो।"…

1 day ago

सौगात

शिव कुमार रेग्मी पोखराथोक,पाल्पा सुन्दरीको पढाइ धेरै राम्रो थियो। उनले धेरै पढेर आमा-बुवाको नाम राख्न…

3 days ago

“बाल अठोट”

धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…

3 days ago