Categories: कविता

“कलम”


अम्बिका धिताल
कमलविनायक भक्तपुर

निलो ,कालो ,हरियो ,रातो थरीथरी
रङ्ग्याइदिन्छ अक्षरले आहा !पाना भरि
चित्र पनि कोर्दछ सबको मन छोएर
कलमले लेखिदिन्छ मनको बह धोएर।

राम्रो लेख्दै लेख्दै गए पुर्याउँछ माथि
हामी सबै विद्यार्थीको कलमै हो साथी
डाक्टर ,पाइलट ,शिक्षक बनाउने कलम
दुःख पीडा पर्दा खेरि लगाइदिने मलम।

अन्धकार हटाउने कलमै हो दियो
उन्नति र प्रगतिमा सबको बन्छ मियो
रङ्ग,रूप, आकारप्रकार अनेक थरी भेष
बगली र झोला अनि सजाइदिन्छ केश।

कलमले मानिसको कोरिदिन्छ गाथा
लेखौँ,कोरौँ पछ्याऔँ सधैं नछोडौँ साथ
बलियो छ कलम यो सबको हतियार
कहिल्यै पनि नफालौ गरौं धेरै प्यार।

गीत ,कथा ,कविता र नाटक लेख्छ धेरै
असल मान्छे बन्नलाई लाग्दैन नि बेरै
वैज्ञानिक बनेका हुन् कलम नै जोतेर
इन्जिनियर पाइलट बने कापी पोतेर।

हत्या हिंसा अन्त्य गरी विश्व शान्ति ल्याउने
कलम हो शक्तिशाली प्रयोग गरौँ जहिले।
कलमको प्रयोगले सधैँ बढाउँछ शान
सत्कर्ममा हिँडाएर सबको राख्छ मान।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“म आमा”

शान्ति सापकोटा तिमी सास मेरा तिमी आस मेरा म आमा भएरै तिमी खास मेरा तिमी…

21 hours ago

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…

22 hours ago

सुरक्षित ठाउँ

अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…

22 hours ago

“भिखारी”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा फाटेको मुटु जतन गरी दुःखले सिलायो मागेर सधैं…

2 days ago

उजाड

नन्दलाल आचार्य गोलबजार-४, सिरहा अँध्यारो कोठाभित्र चित्रकारको हात थरथर काँपिरहेको थियो । यद्यपि झ्याल बाहिरको…

2 days ago

“ढोका”

ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…

2 days ago