तुलसी पण्डित

साथीभाइ यता आइ
राम्रो कुरा गुन
हेर माथि आकासमा
कति राम्रो जून

चम्केको छ आकाशमा
धर्ती सजाउन
खेतबारी सबै तिर
जन हँसाउन

त्यति राम्रो जूनमा
धव्वा लागेको
भन्नु हुन्छ बाबा सधैं
छाया परेको

रुप सधैं फेर्छ उसले
दिव्य आकासमा
खुशीयाली हराइ जान्छ
औसी रातमा

फेरि आउँछ उज्यालो
पन्ध्र दिनैमा
पूर्णिमा हो सुन्दर पक्ष
सबको दिलमा

सेवा उसको निस्पक्ष
छैन कपट
बराबरी माया उसको
सधैं हर्पल

हजुरबाबा भन्नुहुन्छ
माथि हेर नानी
अनुशरण उसको गर
राम्रो लेउँ बानी

छलकपट गर्न हुन्न
हामी सबैले
निपक्षता अँगाल्नु है
सारा जनले

चन्द्रमाको झल्को दिने
गर पौरख
अनि हात लाग्ने छ
सदा गौरव।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“म आमा”

शान्ति सापकोटा तिमी सास मेरा तिमी आस मेरा म आमा भएरै तिमी खास मेरा तिमी…

20 hours ago

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…

20 hours ago

सुरक्षित ठाउँ

अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…

20 hours ago

“भिखारी”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा फाटेको मुटु जतन गरी दुःखले सिलायो मागेर सधैं…

2 days ago

उजाड

नन्दलाल आचार्य गोलबजार-४, सिरहा अँध्यारो कोठाभित्र चित्रकारको हात थरथर काँपिरहेको थियो । यद्यपि झ्याल बाहिरको…

2 days ago

“ढोका”

ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…

2 days ago