Categories: बाल कथा

विश्वास

लाेकाेत्तिमा आधारित

बाेधराज प्याकुरेल
बाँके

” के भयाे ? बच्चालाई ,किन यसरी राेएकाे ?” धेरै बेरसम्म बच्चा रुन नछाेडेकाे र हल्ला खल्ला सुनेपछि सुकमाया बच्चा भएको काेठामा पसिन् ।
“आगै जस्तो ताताे भएको छ,लाैन अब के गर्ने ?” काखमा बच्चा समातेर असिनपसिन भएर बच्चालाई भुलाउने प्रयास गरिरहेकी भदैनी बुहारीले भनिन् ।
“अहाे! कस्तो ज्वरो ।” बच्चाको निधार छाम्दै सुकमायाले भनिन् । बेजोडकाे ज्वराेले बच्चा राेएकाे सुनेर उनी आत्तिएर गर्दन माड्न थालिन् ।
सुकमाया आजमात्रै भदै घर आएकी सदरमुकाम बाट। घरमा काेही लाेग्ने मान्छे छैन । अस्पताल लैजाउँ भने मध्य राति चार घण्टा ओरालाे झर्नुपर्छ । के गर्ने के नगर्ने । सबैजना आत्तिए ।
“हजुरले त जडिबुटी जान्नु भएको छ हाेला ? लाैन, फुपू केही गर्नु पर्याे ।” भदैनी बुहारीले याचनाकाे स्वरमा भनिन् ।
“पानी ल्याऊ त गाेजीमा एउटा औषधि रहेछ। याे खाएपछि ठीक भै हाल्छ ।” उनले गाेजीमा हात हाले जस्तो गरेर एउटा कालाे र गिलाे वस्तु निकालेर हातमा देखाइन् र बच्चालाई खुवाए जस्तो गरिन् र एकदुई घुड्की पानी खुवाइन्।

केहीबेरपछि बच्चा निदायाे। दुबैले पालैपालो निधार छामे र ज्वराे अलि घटेको भने।
” च्वाट्टै पार्ने औषधी रहेछ फुपू,हजुरसँग त।” बच्चा राम्ररी निदायाे भन्ने भएपछि बुहारीले भनिन्।
” अँ …राम्रो औषधि हाे ।” आत्तिएर गर्दन माड्दा निक्लिएकाे अघि हातमा देखाएको मैलाकाे लुँडाे बुहारीले नदेख्ने गरी फ्याँकेकाे भुईँतिर हेर्दै सुकमायाले लामाे सास फेरिन्।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

फीफा वर्ल्ड कप 2026

Group A Pts मेक्सिको 3 दक्षिण कोरिया 3 चेक रिपब्लिक 1 दक्षिण अफ्रिका 1 Group…

5 hours ago

“पन्ध्र असार”

लालबहादुर भुजेल लमजुङ हली दाइले हिलाे साउँदा टण्टलापुर घाम, झमझम पानी पर्ने असार मासकाे याम।…

6 hours ago

“ल्याए है, उँभौली”

युगल बसेल सन्धिखर्क तुम्कोट टुकुर टुकुर टुकुर टुकुर मेरो आँगनैमा हिँड्छन् बाबु मिठो हाँसो सँगाली…

6 hours ago

सफलता

उमानाथ दाहाल "यसपटक पनि मेहनत नै नपुगे जस्तो देखियो।" लोकसेवा आयोगले लिएको नासुको परीक्षामा असफल…

6 hours ago

“पार्क घुम्न जाँदाको रमाइलो”

  रञ्जुश्री पराजुली अमेरिका पार्क घुम्न जाँन रमाइलो लाग्छ एक्लै हैन घुम्न जाने साथी सङ्ग…

1 day ago

मल्लिका

रीता मिश्रा तिवारी भागलपुर,बिहार सानैदेखि सुनेको हो कि..कश्मीरलाई धर्तीको स्वर्ग भनिन्छ। यहाँको हावापानी, प्राकृतिक सुन्दरता…

1 day ago