मिसु श्रेष्ठ
दोलखा हाल काँडाघारी काठमाडौँ
स्नेहा हतारिँदै गिफ्टसपबाट निस्की। प्रेमाले जिस्किने पाराले सोधी, “हैन! भ्यालेन्टाइनडेको गिफ्ट हो कि कसो ?”
“हो त! ”
“साँच्चै विश्वास लागेन ल हेर ।” झोलाभरीको विविध सामान देखाई ।
“हैन! यो त पाश्चात्य संस्कार भन्थ्यौ त। ”
“ग्लोबलाइजेशनले के पाश्चात्य! के पूर्वीय! राम्रो कुरा जताको सिको गर्दा पनि के होला र ! ”
” अनि राम्रो चाहिँ कसरी नि?”
” पतिपत्नीबिचको दूरी अझ निकट हुने, प्रेम प्रगाढ हुने अवसर हो नि!”
स्नेहाको कुराले प्रेमा सोचमग्न भई ।
“साँच्चै आफ्नै पतिलाई उपहार दिँदा के बिग्रिएला र! कहिलेकाँहिको खट्फट् पनि धोइएला! ” आत्मालाप गर्दै ऊ फिस्स हाँसी।
“खै केहि ल्याइएन।” मनमनै सोच्दै कौशीको गुलाफ दिने निर्णय गरी । बिहान फुलिरहरेका गुलाफ एउटै थिएनन् ।
हत्तारिँदै छोरीको कोठामा पसी ।
स्कुल पोशाकमै ऊ घोप्टिएकी थिई । प्रेमाले बिस्तारै टाउको उठाएर हेरी। उसको गाला आँसुले भिजिएको थियो ।
” के भयो? अत्तालिँदै सोधी ।”
” प्रणवले ‘ह्याप्पि भ्यालेन्टाइनडे ‘ भनेर मलाई गुलाफ दियो ।” छोरी भक्कानिई ।”
“भ्यालेन्टाइनडेले प्रणय बढाउँला कि समस्या? ” प्रेमा फुस्फुसाई ।
माहेश्वरी भट्ट देख्छ्याै पक्कै, मनविच आहा, भावना उर्लिएकाे। हाँस्दै बोल्दै, स्नेह ममता, प्रेमले कुर्लिएकाे।। छाती…
काठमाडौँ, असोज ५। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले…
विपद् प्रभावित बालबालिकाको संरक्षणका लागि ‘स्याहार योजना’ कार्यान्वयनमा, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालन उद्धार…
शोभा कोइराला युवा हुन् देशका तारा युवा हुन् देशका प्यारा न होऊ है युवा हाम्रा…