Categories: बाल कथा

छाेराछाेरी

डा छायादत्त न्यौपाने

ए बुढी थाहा पाइस् ? छाेरीले नाम निकाली छ नि ! कतिका आमा बा नाम निस्केन भनेर छटपटिएका छन् । हाम्री छाेरीले निकाली ।
हाे नि, मिहिनेती छ मेरी छाेरी । हाे, छाेरी तेरै हाे तर मेरो समस्या अर्कै छ ! तिमी त जहिले समस्यामा हुन्छौ, छाेरीले नाम निकाली खुसी हुन छाडेर समस्या रे !
हैन, नाम त निकाली राम्रो भाे तर नाम निकालेपछि भर्ना गर्नुपरेन ?
पर्छ नि, छाेरी डाक्टर भएको हेर्ने कत्रो रहर छ ! हुन त हाे तर आफू हुनुहुन्न मैले छुनुहुन्न भनेझैं ! सपना मात्र देखेर पुग्छ ? आफू उभिएको ठाउँ हेर्नुपर्दैन ?
ठिकै छ त तराईको खेत बेचिदिऊँ, अरु तानतुन गरेर पुर्याइएला नि २०/२५ लाख त ! अँ, विकल्प त्यही हाेला !
ए छाेरी ! भर्ना कहिलेसम्म गरिसक्नुपर्ने हाे बुझेकी छस् ? हैन बाबा मैले माइक्रोबायोलोजी पढ्ने विचार गरेँ । हामी ३/३ जना छौँ १ जनाले पढेर भएन । फेरि हामी १ जनाले पढेर अर्कोलाई सघाउन पनि भ्याउँदैनौं सँगसँगै जस्तो छौँ ।
ठिकै छ नि अहिले तैंले पढ पछि भाइहरूकाे पालामा कुनै उपाय निस्कला ! यिनीहरू पनि स्वास्थ्यविज्ञान नै पढ्छन् भन्ने पनि छैन नि । हैन आमा, अब म अर्कै विषय पढ्छु, जे पढे पनि राम्ररी पढ्ने हाे , पढे भइहाल्छ । याे हामी दिदीभाइकाे निर्णय हाे । बरु तपाईँहरू खेत बेच्न नहतारिनु !
छाेराछाेरीकाे साथ पाए बुढेसकाल सुखी हुन्छ भन्छन् । उनीहरू किशोर र हामी प्रौढ हुँदै साथ मिल्यो । नाम निस्केको छ जसरी पनि पढाउनुपर्छ भनेर जिद्दी गरेको भए ? सम्झँदा हृदय भरिन्छ । मनकाे बह कतै नकह, पढ, व्यवस्था हुन्छ भनेर अघि बढाउन नसकेको पछुतोले भने दुख्ने गरी पिटिरहेकाे छ !
जीवन सङ्घर्ष हाे,जुन आफैँले गर्नुपर्छ । छाेराछाेरीले समयमा बुझिदिए ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

प्रयास

सुमन कडरिया चितवन सागिर्द आँगनमा खेलिरहेको थियो। खेल्दाखेल्दै उसको नजर एउटा सानो कमिलामाथि पर्यो। कमिलाले…

20 hours ago

“बालापनको रक्षा”

घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…

21 hours ago

“शरद ऋतुको आगमन”

मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…

3 days ago

“लाेक बाजा बिनायाे”

इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…

3 days ago

पसिनाको मुल्य

शरद गौतम घोराही १५ हरि, मोहन केशव तथा अरु हरु एकै गाउमा बस्छ्न। गाउँ पनि…

3 days ago

बालबालिका सम्बन्धी ऐन संशोधन विधेयक : डिजिटल हिंसादेखि बाल न्यायसम्म नयाँ व्यवस्था प्रस्ता

काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…

4 days ago