Categories: बाल कथा

विज्ञापन

टीकाराम जाेशी
टीकापुर

आज अन्तिम परीक्षा सकिएपछि श्यामले अनौठो माग गरेकाे थियो ।
राजबहादुर गाउँ छाडी शहर पुगेकाे दिन सम्झिदै थिए। उनी एक वर्षअघि शहर पुगेका थिए। अनाैठा लाग्ने विज्ञापन सामग्री वरिपरि झुम्मिएका , चिटिक्क पाेषाक लगाएका स्कुले केटाकेटी ,सुन्दर विद्यालय परिसर – सायद त्याे मानक विज्ञापन थियो। उनले आफ्नाे छाेराकाे अनुहार त्यस विज्ञापनका कुनै केटा पात्रसँग हुबहु मिलेकाे कल्पना गरेका थिए । उनले श्यामलाई त्यस विद्यालयमा भर्ना गरेका थिए।
कस्ताे भयाे आजकाे परीक्षा ,बाबु!
धेरै सजिलाे । दुई घण्टाकाे पेपर एक घण्टामा सिद्ध्याएँ।
अनि ढिलाे किन ?
साथीहरुले सिकाइ दिनु भन्छन्।
परीक्षामा सिकाउनु हुँदैन। निरीक्षकले केही भन्दैनन्?
ऊ एकछिन केही बाेलेन।
“मलाई अर्काे स्कूलमा भर्ना गर्नुस् बुवा । म याे स्कूलमा पढ्न चाहन्न।” अचानक उसले विद्यालय छाड्ने निर्णय सुनाउँदै थियो।
विद्यालयमा कहिले उसका कापी हराउँथे त कहिले ज्यामिति बाकसका सामान । टिफिनकाे खाना समेत । घरमा गुनासाे गर्याे भने, “सर म्याडमलाई भन्नु।”उनले भन्ने गरेकाे सम्झे।
पछिपछि उसले गुनासाे गर्न छाडेकाे थियाे।
छाेराले गरेकाे माग सुनेर उनी एकछिन स्तब्ध भए। वर्षभरि उसले खेपेकाे मानसिक पीडालाई आफुले बेवास्ता गरेकाेमा उनलाई पछुतो हुँदै थियो।
उनकाे समृतिमा रहेकाे त्याे विज्ञापन अहिले उनलाई विकृत लाग्न थाल्याे।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

भैरेको नियति र स्वास्थ्य सेवा

  घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…

1 week ago

टिकाेटालाे

शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…

1 week ago

“नारी महिमा”

शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…

1 week ago

बाल मुज्दुर

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…

1 week ago

“हाम्रो नाति”

गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…

2 weeks ago

अभियान

राजन् कार्की पाजु धरान सुनसरी बिहान सवेरै एक हुल मानिसहरु हातमा ठुला ठुला अक्षेरमा लेखिएका…

2 weeks ago