सोम कुमार सुब्बा
लिङ्दोक,पूर्व सिक्किम
सूचनासञ्जालमा परिणाम निस्क्यो। दिदीभाइ मोबाइल हेर्दै खुसी भए। भाइ त उत्साहित भएर नाच्न,गाउन थाल्यो।तत्क्षणै भान्सा कोठाबाट बाबु कराए -“तिमीहरुलाइ के भो हँ ?”
दुबै दौडेर गए। छोरोले बाबुलाई अँगाले। छोरीले ढोग गर्दै भनिन् -“बाबा हामी दुबै पास भयौँ!”
बाबुको आँखा रसाए। दुबैलाई अँगाल्दै भने -“राम्रो गरेछौ,आशीर्वाद छ।”
“अब शहरमा पढिने भो!” छोरोले उत्साह व्यक्त गर्यो।
एकाएक बाबुको अनुहार मलिन भयो। उनले लामो सुस्केरा छाड्दै भने – “अब तिमीहरू जुम्ल्याहाको पनि छुट्टने दिन आयो!”
“कसरी बाबा?” छोरीले अचम्मित हुँदै सोधिन्।
“मेरोमा दुबैलाई पढाउने हुतीकार छैन!” भन्दै टाउको भित्तोपट्टि फर्काए।
दिदीभाइ मुखामुख गरे। वातावरण चकमन्न भयो। केहीक्षण घोरिएपछि दिदीले भनिन् -“भाइले पढोस्,ऊ मर्द हो,पढ्न जरुरी छ!”
भाइले फलाफल हेर्दै भने-“मेरो भन्दा दिदीको प्रतिशत धेरै छ,त्यसैले दिदीले पढोस्!”
घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…
शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…
शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…
गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…