Categories: बाल कथा

छोराको मनस्थिति!

सुरेशकुमार पाण्डे
दाङ घोराही

“आमा! कोदाली दिनुस् त म छेउँ कुना खन्छु। हजूरको हातमा फोका परेकाछन् ! – फुर्सेले आफ्नी आमाको हातबाट कोदाली तान्दै भन्यो।’ “खन खोरस गर्दा आमाको हातमा राता/राता फोरा परेकाथिए।” छोरा मेरा हातभन्दा कमला हात तिम्राछन्। तिमीले अँझै पढ्नुपर्छ। आज तिम्रो हातमा फोका परेभने भोलिको परीक्षा कसरी दिन्छौँ ? भैगो; कामगर्ने दिन त छँदैछ नि। मैले कोदाली खन्न छाडेंभने भोलि यी मेरा हातमा परेका फोकाहरू पाक्छन्। यदि लगातार मैले कोदाली चलाएँ भने हातका फोराहरू ठेलामा परिणित हुनेछन्!

– आमा मतीले मुस्कुराउँदै भनिन।’ चिन्ता नलिनुस् न आमा म ठूलो भएर लाहुर जान्छु र धेरै पैसा कामाएर हजूरलाई सुःख दिन्छु। -फुर्सेले आमाको हातमा परेका फोराहरूलाई बिस्तारै स्पर्स गर्दै भन्यो।’ आफ्नो एघार बर्षिय छोराको हातले सुम्सुम्याउँदा आमालाई मलम लगाएको जस्तो शीतलता प्राप्त भएको थियो। तर उसको बोली “म लाहुर जान्छु र धेरै पैसा कमाएर हजूरलाई सुःखदिन्छु” भन्ने शब्दहरूले मतीको हृदयमा अघात पुर्यायो।”एकछिन उनले लाहुर गएर अहिले सम्म फर्किंदै नफर्किएको आफ्नो श्रीमानलाई सम्झिइन।” उनले भावुक हुँदै छोरालाई अंगालोमा बेरीन् र भनिन् ! ‘छोरा लाहुरमा पैसाको रूख हुँदैन। यही माटोमा पैसा फल्छ। तिमी ठूलोभएर मैले फलाउन नसकेको सुन यही माटोमा फलाउनुपर्छ।- मतीले छोरालाई भनिन्। दाङ घोराही

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

6 hours ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

6 hours ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

7 hours ago

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

1 day ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

1 day ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

2 days ago