गंगा खडका
बूढानीलकण्ठ , काठमाडौँ
बिहानै उठी आमाले
फर्याकफुरुक गर्नुभो
सरसामान किन्नलाई
बा बजार झर्नुभो ।
आज साउने सङ्क्रान्ति
दिदी भिनाजु आउने रे
बजारबाट बाले
मीठो मसिनो ल्याउने रे।
पण्डित बा नि आउनुभो
सिधा दान लिनलाई
सुख, शान्ति समृद्धिको
आशीर्वाद दिनलाई।
साथीभाइ बटुली
तिउरी लाउन भनेर
नङमा लेदो लाइदिएँ
तानीतानी म नेर।
भातसात खाएर
वनतिर जाने रे
लुतो फाल्ने सामान खोजी
घरघर लाने रे।
कुकरडाइनो ,पानीअमला
लुतेझार चाहिने रे
लुतो फाले राम्रोसँग
रोगबाट मुक्ति पाइने रे।
नाङ्लो ठटाई बेलुकी
अगुल्टो नि फाल्ने रे
कण्डारक राक्षसको
पूजा गरिहाल्ने रे।
उपियाँ जा रुपियाँ आइज
भन्न सके राम्रो रे
चलेको चलन नै
पहिल्यैदेखि हाम्रो रे।
सूर्य पनि दक्षिणतिर
यात्रा सुरु गर्छन् रे
लोकको हितमा
बीउबिजन छर्छन् रे।
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…
धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…
युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…
काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…
रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…
पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…