बालबालिकाकाे लागि मात्र
दिनेश खत्री”एकल यात्री
मन्थली नं.पा.१३ रामेछाप
बाबु, नानी भाले बासी,सक्याे उठ्ने बेला भाे !
बिहानैकाे शारिर फुर्ति ,राख्न कुद्ने बेला भाे !
हाेमर्कहरु के छ नानी , गर्न बाँकी छ कि छैन,
बाँकी भए गर बाबु नानी साथी जुट्ने बेला भाे!
हुन्न अब पनि धेरै खेल्ने बाेल्ने बानी खराब भाे,
अब देखि बाबू नानी काे बालपन छुट्ने बेला भाे!
बाबू, नानी आज तिम्रो खाजा टिफिन भित्र छ
बाबू नानी छिटाे गर टि-टि आईपुग्ने बेला भाे!
खै खै बाबू नानी आज हाम्रो पानी भर्ने पालाे हाे
बाबू नानी कति बज्याे भर्छु पानी सुक्ने बेला भाे!
प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…
धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…
युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…