Categories: कविता

“मसिने काे वन”


शिव पुन

कति घटे घटना , मसिनेकाे वन
कति सम्झे कति बिर्सेँ , अझै कति मन।

घाँस दाउरा वनपात , गाेठालाे जाँदा
ऐसेलु र चुत्राे बयर , टिपेर खाँदा।
कति घटे घटना…..

आँप पनि खुबै खाइयाे , तरुल खनि खाइयाे
नजानेरै भए पनि , के-के गीत गाइयाे ।
कति घटे घटना …..

कहिले त पानी पर्थ्याे , कहिले घमाइलाे
वनपात गर्दा खेरि , कति रमाइलो ।
कति घटे घटना…..

सालकाे पात फरर , सल्ला सुस्साउँदा
मनै हुन्थ्यो आनन्द , खुबै खुशी हुँदा ।
कति घटे घटना…..

वर-पीपलकाे चौपारीमा , हावा सरर
त्यस्ताे हुन्थ्यो आनन्द , मनै हरर ।
कति घटे घटना …..

उकाली र ओरालीमा , बिते धेरै दिन
सम्झदा अहिले म त , रुन्छु किन किन ।
कति घटे घटना…..

भाले बास्याे कुखुरी काँ , अझै अँधेराे
जानू पर्थ्याे दिनहु , पानी पधेराे ।
कति घटे घटना…..

पुसकाे भन्दा अझ जाडाे , हुन्थ्यो माघकाे
गाई बाख्रा चराउँदा , डर बाघको ।
कति घटे घटना…..

खाली खुट्टा काडाँ बिझ्दा , भए हाेला हानी
कति सहे हावाहुरी , असीना र पानी ।
कति घटे घटना…..

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

ढोका

सुमन कडरिया चितवन राति अबेरसम्म छोरी घर नफर्किएपछि आमाको ध्यान बारम्बार ढोकातिर थियो। उनले फोन…

4 hours ago

“शरद् छ मस्त”

गणेश आत्रेय मदनपोखरा,पाल्पा हिलो र मैलो सुक्यो हरायो। वर्षा गयो लौ शरद् उदायो॥ हराभरा छन्…

4 hours ago

जन्मदिन

ह्रदय लेकाली ए समीरका बाबा, "भोलि छोराले मेरो जन्मदिन मनाइदिनुपर्छ भनेर कचकच गरेको छ के…

4 hours ago

प्रतिज्ञा

पुण्यप्रसाद घिमिरे आदित्य गाउँमा बस्थ्यो । ऊ सानै र अबोध भएकाले जे मन लाग्यो त्यही…

1 day ago

“पश्चाताप”

माहेश्वरी भट्ट देख्छ्याै पक्कै, मनविच आहा, भावना उर्लिएकाे। हाँस्दै बोल्दै, स्नेह ममता, प्रेमले कुर्लिएकाे।। छाती…

1 day ago

बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो

काठमाडौँ, असोज ५। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले…

1 day ago