बालकृष्ण खनाल
छोरीहुन् गहना नितान्त घरका, सोभा बडाई दिने।
अर्काको घरमा गएर सजिलै,नाता जुटाई दिने।।
सारा दु:ख सही पराइ घरको,आफ्नो बनाई दिने।
छोरीहुन् ममता दिएर सबको,मातृत्व देखाउने।।
छोरी फूल समानभै कनसधैँ,पार्छिन् उज्यालो घर।
साँचो बोल्छु मता शिधा भुवनयो, छोरी बिना चल्छ र।।
छोरीबाट बुहारीभै जतनले, आमा भएकी उनी।
तिम्रो गीत सकिन्न यो समयमा, गाएर कैल्यै पनि।।
को सकला महिमा गरेर उनको, नामैछ आमा अहा।
भन्थे जो भगवानको रुप महूँ ,उन्ले झुकेथे जहाँ।।
आमाको रुप हो सबै जगतमा ,ठूलो भनेको बरू।
आमानै सबकी महा जननी हुन्, को होर ठूलो अरू।।
आमाकै रुप देख्छ जो मनुजले,नारी हरूको यहाँ।
नारीबाट सधैँ अपार रितले , सम्मान पायो तहा।।
दासी देख्दछ जो उनै जननीको , पापी भनेरै बुझौँ।
आमाको करुणा अथाह मनमा , सोचेर नारी पुजौँ।।
जानेमा ममता अपार मिलला,बिग्ग्रे भने घातकी।
नारीको अपमान जो पुरुषले गर्ला, उ हो पातकी।।
हारे युद्ध सबै लडेर ऋषिले, देवी पुकारे तबै।
मारे कैटबको समाइ हतियर् ,देवी जुटेरै सबै।।
यस्तो शक्ति छ नारीको वदनमा, भासिन्छ धर्ती पनि।
ठूलोकाल कठोर भित्र शिसुले, जन्मन्छ आमा भनी।
त्यो जत्काल सहेर जो धर्तिले , हारेन हिम्मत् कबै।
कम्मरमा पटुकी कसेर बलले ,पैदा गरेकी तबै ।।
छोरीहुन् बुझ ती कसैन कसका, आमा भएरै उठिन्।
धान्नैपर्छ भनेर सृष्टि उनले,रम्दै रमाई जुटिन्।।
नारीको महिमा बुझी नसकिने, ठूलोछ जानेपछी।
नारीहुन् ममता कठोर पनिहुन्, कमजोर ठानेपछी।।
शव्दैछैन कुनै कथेर रचने व्याख्या गरौँ के गरी।
फुल्छिन् फूल समानभै जतनले लाग्छिन् महा सुन्दरी।।
धर्ती काँप्छ अकासमा घरिघरी, हेरेर ती सुन्दरी।
धेरै नाम रहेछ भन्न सकिने,हो नाम अर्को परि।।
इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…
प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…
View Comments
Reading your article helped me a lot and I agree with you. But I still have some doubts, can you clarify for me? I'll keep an eye out for your answers.